Techie IT
मंगलबार, जेठ ७,२०८२

शीर्ष डिभिजनमा उक्लियो टोखा को श्री भगवती क्लब


काठमाडौं ।  ब्वाइज युनियन क्लबविरुद्ध २-१ को जित निकाल्दै श्री भगवती क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ । श्री भगवतीले पहिलाे पटक शीर्ष डिभिजनकाे उडान भरेकाे हाे ।

जितसँग दोस्रो स्थामा रहेको श्री भगवतीले १२ खेलमा २६ अंक जोड्यो । प्लानिङ ब्वाइज युनाइटेड यसअघि नै शीर्ष डिभिजनमा उक्लिसकेको छ।

पराजित ब्वाइज युनियन १२ खेलमा १९ अंकका साथ तेस्रो स्थानमा छ ।

मंगलबारसातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ ( एन्फा) मुख्यालय मैदानमा भगवतीलाई जित दिलाउन  शिशिर लेखी र अजित लामाले गोल गरे । ब्याइज युनियनका सञ्जीव लामाले गोल फर्काए ।

खेलको छैटौं मिनेटमै शिशिरको गोलमार्फत भगवतीले अग्रता लिएको थियो। ३८औं मिनेटमा अजितले टोलीको अग्रता दोब्बर बनाए ।

सञ्जीवले  ७९औं मिनेटमा गोल गर्दै ब्याइज युनियनलाई फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #शीर्ष डिभिजनमा उक्लियो श्री भगवती


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:10 am6:50 pm +0545