Techie IT
मंगलबार, जेठ ७,२०८२

गर्मी बढेसँगै डेंगु सङ्क्रमण बढ्यो


काठमाडौं । रौतहटमा गर्मी बढेसँगै डेंगु सङ्क्रमणको जोखिम पनि बढेको छ । पछिल्लो दुई सातामा ५० जनाभन्दा बढी बिरामीमा डेंगुको सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।

गर्मी मौसम सुरु भएसँगै जिल्लामा लामखुट्टेको प्रकोप बढेको स्थानीय नागरिकको गुनासो छ । रौतहटको गौर नगरपालिका क्षेत्र डेंगु प्रभावित क्षेत्रमध्ये अग्रस्थानमा रहेको बताइएको छ । नगरपालिकाका विभिन्न वडाहरूमा डेंगु सङ्क्रमितको सङ्ख्या उच्च रहेका जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । उक्त समस्या न्यूनीकरण गर्न पलिकाले सबै वडामा फगिङ स्प्रे गर्ने योजना बनाएको पालिकाका निमित्त प्रशासकीय अधिकृत सुभाषकुमार ठाकुरले जानकारी दिनुभयो ।

स्थानीय स्वास्थ्य संस्थाहरूमा डेंगु रोगका बिरामीको चाप बढ्दै गएकाले औषधी तथा जाँचको अभाव देखिन थालेको स्थानिय अस्पतालले जनाएको छ ।

जनस्वास्थ्य कार्यालय रौतहटले समुदायमा डेंगुका बारेमा चेतना फैलाउन अभियान सुरु गरेको जनाइएको छ । डेंगुको संक्रमण नियन्त्रण गर्नका लागि घर वरिपरि पानी जम्न नदिन जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख डा.रमेश यादवले आग्रह गर्नुगएको छ । स्थानीय बासिन्दाहरूले डेंगु सङ्क्रमण थप फैलिन सक्ने भन्दै स्वास्थ्य सेवा सुदृढ गर्न माग गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #गर्मी बढेसँगै डेंगु सङ्क्रमण बढ्यो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Heavy Rain
5:10 am6:49 pm +0545