Techie IT
मंगलबार, जेठ ७,२०८२

सगरमाथाको चुचुरोमा अनेरास्ववियुको झण्डा


काठमाडौं, ६ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथामा अनेरास्ववियुको झण्डा फहराइएको छ ।

आरोही मिङ्मा डेभिड शेर्पाले सोमबार सगरमाथामा अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको लोगोसहितको झण्डा फहराएका हुन् ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले विश्वको सर्वोच्च शिखर सगरमाथामा अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको लोगो र झण्डा फहरिनु संगठनको साझा गौरवको क्षण भएको बताए ।

‘यो केवल झण्डा होइन, यो हो हाम्रो प्रतिबद्धता, साहस र संघर्षको प्रतिक’ अध्यक्ष बडालले फेसबुकमा लेखेका छन्, ‘यो ऐतिहासिक कार्यलाई सम्भव बनाउन अद्वितीय योगदान दिने विश्व प्रसिद्ध हिमाल आरोही मिङ्गमा डेभिड शेर्पाप्रति हामी गहिरो सम्मान र कृतज्ञता प्रकट गर्छौं ।’

अध्यक्ष बडालले जलवायु परिवर्तनको प्रभावबारे चेतना फैलाउने र यसको रोकथामका लागि विद्यार्थीहरूको संगठन अनेरास्ववियु दृढ रहेको पनि उल्लेख गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सगरमाथाको चुचुरोमा अनेरास्ववियुको झण्डा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Partly Cloudy
5:10 am6:49 pm +0545