Techie IT
सोमबार, वैशाख २२,२०८२

मकैसीङस्थित स्यामतेस र पाङखोलामा रहेका ३० घरधुरी चेपाङ परिवारलाई खाद्यसामग्री हस्तान्तरण


गोरखाका, १७  बैशाख ।  गण्डकी गाउँपालिका वडा नं १ मकैसीङस्थित स्यामतेस र पाङखोलामा रहेका ३० घरधुरी चेपाङ परिवारलाई खाद्यसामग्री हस्तान्तरण गरिएको छ।

अष्ट्रेलियामा रहेका जोन घलेको सहयोगमा बिकास हाईड्रोका प्रबन्ध निर्देशक कृष्ण घिमिरे, निर्देशक सरोज धिताल र प्रेस संगठन काठमाडौँका संयोजक सागर पन्तको पहलमा उक्त खाद्यसामग्री हस्तान्तरण गरिएको हो।

बुधवार बुटारमा एक कार्यक्रमकावीच २० बोरा चामल, नुन र तेलसहितका खाद्यसामग्री हस्तान्तरण गरिएको संयोजक पन्तले जानकारी दिए।

गण्डकी गाउँपालिका वडा नं १ का प्रतिनिधिको रोहवरमा चेपाङ समुदायका परिवारलाई उक्त राहत हस्तान्तरण गरिएको हो । राहत हस्तान्तरण कार्यक्रममा नेकपा गण्डकी गाउँपालिकाका अध्यक्ष सिताराम रसाइली, वडा नंं. १ का सदस्य मीन बहादुर सुनार लगायतको उपस्थिति रहेको थियो।

उक्त राहत सामग्री लकडाउनले समस्यामा परेका चेपाङ समुदायलाई वडा कार्यालयको रोहवरमा सामानुपातिक रुपमा वितरण गरिने वडा सदस्य सुनारले जानकारी दिए।


क्याटेगोरी : समाचार
ट्याग : #गण्डकी गाउँपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Thunder
5:19 am6:41 pm +0545