गायक तथा सङ्गीतकार रत्न बेहोसीलाई लाइफ टाइम एचिभमेन्ट अर्वाड
काठमाडौं, जेठ ४ गते । तेश्रो संस्करणको संसार नेशनल स्टार म्युजिक भिडियो अवार्डको तेस्रो संस्कार गएको शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भयो । संसार क्रियशन नेपालको आयोजनामा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको प्रेक्षालयमा तेश्रो संसार नेशनल स्टार म्युजिक भिडियो अवार्ड सम्पन भएको हो ।
बागमती प्रदेशका श्रम,रोजगार तथा यातायात मन्त्री प्रेम महर्जनको प्रमुख आतिथ्यता र लेखक तथा निर्देशक प्रकाश सायमीको विशेष आतिथ्यतामा भएको अवार्ड कार्यक्रममा नेपालभाषा म्युजिक भिडियो अवार्डको ४१ विधामा १ सय ७२ वटा अवार्ड प्रदान गरिएको थियो। यस अवार्डलाई सबैभन्दा लामो अवधि सञ्चालन भएको र सबैभन्दा बढी ४१ विधामा १ सय ७२ वटा अवार्ड वितरण गरिएको अवार्ड कार्यक्रम भएको विश्व रेकर्डको लागि गिनिज बुक अफ वल्र्डमा दावी गरिएको छ ।
कार्यक्रमको क्रममा गीत संगीतको क्षेत्रमा अनवरत रुमा क्रियाशील रहनु भएका गायक तथा संगीतकार रत्न बेहोसीलाई लाइफटाइम एचिभमेण्ट अर्वाडबाट सम्मानित गरिएको थियो । नगद राशी रु २५ हजारसहित ट्रफी तथा सम्मान पत्रका साथ उहाँलाई लाइफटाइम एचिभमेण्ट अर्वाड बाट सम्मानित गरिएको हो । यस अवार्ड कार्यक्रममा गोरखापत्रकर्मी मनोजरत्न शाहीले नाप च्वने मदुसा बोलको गीतको म्यूजिक भिडियो बाट उत्कृष्ट सम्पादकको अवार्ड जित्नु भएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #गायक तथा सङ्गीतकार रत्न बेहोसीलाई लाइफ टाइम एचिभमेन्ट अर्वाड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्