बलेको बत्तीमुनि बसेर पोस्ट लेख्दै बिजुली गयो भन्ने भ्रम छरिँदै छ : विष्णु रिमाल

काठमाडौं, ४ जेठ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले नेपाल विद्युत् प्राधिकरणका निर्देशक हितेन्द्र शाक्य आफ्नो काममा काबिल रहेको बताएका छन् ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार समेत रहनुभएका रिमालले प्राधिकरणलाई कसरी प्रगतिमा पुर्याउन सकिन्छ भन्नेमा शाक्य त्यतिकै इमानदार रहेको उल्लेख गरेका हुन् । तथापि उनलाई बदनाम गराउन सुनियोजित हिसाबले केही मानिसहरू लागेकाले सजक रहन उनले आग्रह गरे ।
‘सजग रहनुहोला, बलेको बत्तीमुनि बसेर पोस्ट लेख्दै बिजुली गयो भन्ने न्यारेटिभ बनाइँदै छ, बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज हो यो’, सामाजिक सञ्जाल फेसबुकमा उनले लेख्नु भएको छ ।
देवत्वकरणको पर्दा भित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा प्रष्ट थाहा भएको उनको भनाई छ । तर उनीहरूले समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेका रिमालको टिप्पणी छ । ‘समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छायाँ मुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय छ’, रिमालले भनेका छन् ।
अहिले समाजमा सेवा दिने होइन, कथा बनाउनेहरू चर्चामा रहेका उनले टिप्पणी गरे । ‘यस्तो बेलामा तपाईँले इमानदार प्रयास गर्नुभयो भने पनि, त्यो फिडमा देखिँदैन, किनकि त्यो फ्रेमको हिस्सा होइन’, उनले भने ।
कामभन्दा कथा ठुलो भएको युगमा कथा लेख्नेहरू कामभन्दा अघि पुग्न सकेछन् तर्फ उनले सचेत गराए । ‘त्यसैले, सजग रहनुस्–काम गर्नुस्, तर ध्यान दिनुस्–कामभन्दा पनि कथा ठुलो भएको युगमा कथा लेख्नेहरू तपाईँको कामभन्दा अघि पुग्न सक्छन्, कर्ममा अडिग रहनुहोस्, तर कन्टेन्टको दुनियाँले तपाईँलाई कन्टेन्ट बनाउने खेलमा लागेको छ भन्ने कुरा नबिर्सिनुहोस्’, उनले लेखेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बलेको बत्तीमुनि बसेर पोस्ट लेख्दै बिजुली गयो भन्ने भ्रम छरिँदै छ : विष्णु रिमाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्