टोखामा विष्णुमती सरसफाई अभियानले ५१ हप्ता पार गर्दा वडा सदस्य अनुप राईको योगदान प्रशंसनीय
टोखा, जेठ ३ । “स्वच्छ वातावरण, स्वस्थ जीवन” भन्ने नारालाई आत्मसात् गर्दै विष्णुमती नदी सरसफाई अभियान अन्तर्गत ५१औं हप्ताको कार्यक्रम टोखा नगरपालिका–९, नयाँ बसपार्क पुलदेखि करिब ५०० मिटर उत्तरतर्फको विष्णुमती करिडोर क्षेत्रमा सम्पन्न भयो ।
उक्त अभियानमा टोखा नगरपालिकाका प्रशासकीय प्रमुख, वडा नं. ९ का वडा अध्यक्ष, टाेखा नगर प्रहरी, भूपू प्रहरी संघका प्रतिनिधिहरू, विद्यार्थीहरु, समाजसेवी, पत्रकार, युवा तथा स्थानिय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेकाे थियो। सहभागिहरू बिहान सबेरै भेला भई नदी सफा गर्ने कार्यमा जुटेका थिए ।
कार्यक्रमको समापन टोखा नगरपालिका वडा नं. ८ का वडा सदस्य अनुप राईले गर्नुभयो । उहाँले कार्यक्रमका क्रममा आफैं पसी सरसफाई गर्नुका साथै अन्य सहभागीहरूलाई पनि वातावरण संरक्षणमा जुट्न प्रेरणा दिनुभयो । सदस्य राई विगतदेखि नै विष्णुमती सरसफाई अभियानमा सक्रिय रहँदै आउनु भएको छ । “खोलालाई सरसफा राख्नु भनेको हाम्रो जीवनशैली सुधार गर्नु हो,” उहाँले भन्नुभयो, “हामी केवल नदी सफा गरिरहेका छैनौं, हामी हाम्रो चेतना र संस्कार पनि निर्मल बनाउँदैछौं।” राईले स्थानीय निकाय, सुरक्षा निकाय, सामाजिक संघसंस्थाहरू तथा आम नागरिकहरूबीच सहकार्य र समन्वयको माध्यमबाट अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता पनि औंल्याउनुभयो ।
टोखा नगरपालिकाले सरसफाई अभियानलाई दिगो रुपमा अगाडि बढाउन स्थानिय तहको सक्रिय सहभागितामा जोड दिदै नदी सफा राख्न र वातावरण संरक्षण गर्न व्यक्तिगत तथा सामूहिक जिम्मेवारी आवश्यक रहेको सन्देशसहित ५१औं हप्ताको अभियान सम्पन्न गरिएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखामा विष्णुमती सरसफाई अभियानले ५१ हप्ता पार गर्दा वडा सदस्य अनुप राईको योगदान प्रशंसनीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्