Techie IT
मंगलबार, वैशाख ३०,२०८२

बर्दीवासमा नवआगन्तुक सुरक्षा अधिकारीको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


जीवनराज : बर्दीवास, महोत्तरी, ३० वैशाख

मधेश प्रदेशमा हालै सरुवा भई आएका उच्च सुरक्षा तथा प्रशासनिक अधिकारीहरूको स्वागत र अन्तरक्रिया कार्यक्रम बर्दीवास गौरीडाँडास्थित गुञ्ज होटलमा सम्पन्न भयो ।

बर्दीवास उद्योग वाणिज्य संघ, सुनचाँदी व्यवसायी संघ, लायन्स क्लब अफ बर्दीवास र फर्निचर व्यवसायी संघको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा नेपाल प्रहरीका डीआईजी उमाप्रसाद चतुर्वेदी, सशस्त्र प्रहरीका डीआईजी कृष्ण ढकाल र प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालसहित विभिन्न निकायका प्रमुखहरूलाई सम्मान गरियो ।

कार्यक्रममा सहभागीहरूले लागुऔषध, तस्करी, आपराधिक गतिविधि, वन्यजन्तु चोरी तथा मेडिकल कलेजसँग जोडिएका समस्याबारे सरोकार राख्दै समाधानका लागि सहकार्य आवश्यक रहेको बताए ।

डीआईजी चतुर्वेदीले जनताको सहभागिता विना दीगो सुरक्षा सम्भव नभएको बताए भने, डीआईजी ढकालले सीमावर्ती क्षेत्रमा निगरानी कडा बनाइने उल्लेख गरे । प्रजिअ रिसालले प्रशासनलाई नागरिकमैत्री बनाउने प्रतिबद्धता जनाए ।

अत्यमा कार्यक्रमलाई समापन गर्दै बर्दिवास उद्योग बाणिज्य संघका अध्यक्ष विष्णु खड्काले मधेश प्रदेशमा हालै सरुवा भई आएका उच्च सुरक्षा तथा प्रशासनिक अधिकारीहरूको स्वागत गर्दै आगामी दिनमा बर्दिवास उद्योग बाणिज्यसँग सहकार्य गरि अगाडि बढ्न सम्पूर्णमा आग्रह गरे ।

कार्यक्रमले सुरक्षा निकाय र समुदायबीच विश्वास र सहकार्यको नयाँ आधार खडा गर्ने अपेक्षा गरिएको छ ।

 

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:14 am6:45 pm +0545