डा. लम्साललाई वर्ल्ड बुक अफ रेकर्ड्स लण्डनबाट “Certificate of Eminence” सम्मान

काठमाडौ । नेपालका युवा नेतृत्व विकास विशेषज्ञ डा. सुधन लम्साललाई World Book of Records – London द्वारा प्रदान गरिने “Certificate of Eminence” बाट सम्मानित गरिएको छ।
कजाकिस्तानको अल्माटी सहरमा आयोजित एक विशेष समारोहमा उहाँलाई यो अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको हो।
उहाँलाई यो सम्मान ज्ञान प्रवर्द्धन, आलोचनात्मक सोचको विकास, र समग्र व्यक्तित्व निर्माणमा पुर्याएको अमूल्य योगदानका लागि प्रदान गरिएको हो। वर्ल्ड बुक अफ रेकर्ड्सले उत्कृष्टता प्रदर्शन गर्दै समाजमा सकारात्मक प्रभाव पार्न सफल व्यक्तिहरूलाई यस्तो सम्मान प्रदान गर्दै आएको छ।
उक्त समारोहमा विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो, जसले सम्मानको अन्तर्राष्ट्रिय महत्वलाई झल्काउँछ।
डा. सुधन लम्साल Borderlands Leadership School सँग आवद्ध कार्यक्रम, तालिम तथा संचार निर्देशक हुनुहुन्छ । उहाँ इमोशनल इन्टेलिजेन्स, एप्रिसिएटिभ इन्क्वायरी, पर्सनालिटी डेभलपमेन्ट, क्यारियर काउन्सिलिङ र जीवन दृष्टिकोण व्यवस्थापनमा विशेष दक्षता राख्नुहुन्छ।
उहाँको विशेष ध्यान युवा सशक्तिकरण, व्यावसायिक विकास, जीवन सीप तालिम र मानसिक स्वास्थ्य प्रवर्द्धनमा केन्द्रित छ।
डा. लम्सालले शिक्षा, कर्पोरेट, सामुदायिक तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्दै थुप्रै देशहरूमा तालिम तथा कार्यशालाहरू सञ्चालन गर्नुभएको छ। उहाँले हालसम्म जापान, इजिप्ट, दुबई, टर्की, सिंगापुर, भियतनाम, मलेशिया, थाइल्याण्ड, काजाखस्तान र चीनको भ्रमण गरिसक्नु भएको छ । उहाँलाई यसअघि पनि सम्मानीय डॉक्टरेट उपाधि तथा विभिन्न सम्मानहरू प्राप्त भइसकेका छन्।
डा. लम्सालको यो सम्मान नेपाली युवाहरूका लागि प्रेरणाको स्रोत हो। उहाँले देखाउनुभएको समर्पण, सृजनशीलता र नेतृत्व क्षमताले सामाजिक रूपान्तरणका लागि मार्गचित्र प्रस्तुत गरेको छ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : #hot, #डा सुधन लम्साल, #डा. लम्साललाई वर्ल्ड बुक अफ रेकर्ड्स लण्डनबाट "Certificate of Eminence" सम्मान
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्