Techie IT
शुक्रबार, वैशाख २६,२०८२

पाकिस्तानमा रहेका नेपाली विद्यार्थीको उद्वार गर्न सांसद शिशिर खनालको माग


काठमाडौं, २६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीको उद्वार गर्न माग गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा सांसद शिशिर खनालले पाकिस्तानमा रहेका नेपाली विद्यार्थीले उद्धारका लागि अनुरोध गरेको भन्दै तत्काल उद्वार गर्न माग गरेका हुन् ।

‘पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीले उद्धारको अनुरोध गर्नुभएको छ। तुरुन्त उद्धार र सुरक्षाको पहल होस्,’ उनले भने।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सांसद शिशिर खनालको माग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Fair
5:16 am6:44 pm +0545