भारत–पाकिस्तानबीच बढ्दो तनाव, भारतले गर्यो २४ वटा विमानस्थल बन्द

काठमाडौं, २६ वैशाख । भारत र पाकिस्तानबीच भएको ड्रोन र मिसाइल आक्रमणको आरोप–प्रत्यारोपपछि दुवै देशले आन्तरिक सुरक्षामा उच्च सतर्कता अपनाएका छन् ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार बिहीबार भारतले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै २४ वटा विमानस्थलहरू अस्थायी रूपमा बन्द गरेको छ ।
भारतीय पत्रिका ‘हिन्दुस्तान टाइम्स’का अनुसार दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै ९० उडानहरू रद्द गरिएका छन् । पाकिस्तानबाट भएको हवाई गतिविधिका कारण भारतको नागरिक उड्डयन प्राधिकरणले यस्तो निर्णय गरेको बताइएको छ ।
नागरिक उड्डयन सुरक्षा ब्यूरो (बीसीएएस)ले देशभरका सबै एयरलाइन्स र विमानस्थलहरूलाई सुरक्षा उपायहरू बढाउन निर्देशन समेत दिएको छ । निर्देशन अनुसार सबै विमानस्थलहरूमा सबै यात्रुहरूको जाँच गरिनेछ । टर्मिनल भवनमा आगन्तुकहरूको प्रवेश निषेध गरिएको छ ।
एयर मार्शल तैनाथ गर्न निर्देशन दिइएको छ । एयर इन्डियाले आन्तरिक यात्रुहरूले तीन घण्टाअगाडि विमानस्थल पुग्नुपर्ने बताएको छ । ७५ मिनेट अगाडि चेक–इन बन्द हुने जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #भारत–पाकिस्तानबीच बढ्दो तनाव
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्