Techie IT
बिहीबार, वैशाख २५,२०८२

विद्यार्थी बोकेर गुडिरहेको स्कुल बसमा आगो लाग्यो


रूपन्देही, २५ बैशाख । रूपन्देहीमा स्कुल बसमा आगो लागेको छ ।

शुद्धोधन गाउँपालिका वडा नं ४ फर्साटिकरमा रहेको लिटिल फ्लावर हायर सेकेण्डरी स्कुलको बसमा आगो लागेको हो। विद्यार्थी बोकेर विद्यालय जाँदै गरेको बसमा एक्कासी आगलागी भएको बताइएको छ ।

स्थानीयले आगो लागिरहेको बसबाट सबै विद्यार्थीलाई सकुशल बाहिर निकालेका थिए ।

प्रहरी र दमकलले बसमा लागेको आगो नियन्त्रणमा लिइसकेको छ । बस पूर्णरूपमा जलेर क्षति भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गुडिरहेको स्कुल बसमा आगो लाग्यो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:17 am6:42 pm +0545