Techie IT
मंगलबार, वैशाख २३,२०८२

संसद्‍मा उठ्यो अख्तियारले माधव नेपालको बयान लिएको विषय


काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग बयान लिएको विषय प्रतिनिधि सभामा उठाइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले मंगलबार संसदको आकस्मिक समयमा बोल्दै यो घटनालाई राजनीतिक प्रतिशोधको सम्भावित संकेतका रूपमा उल्लेख गरे। उनले अख्तियारको पछिल्ला कदमहरूप्रति शंका व्यक्त गर्दै भने, “हाम्रो पार्टी सभापतिप्रति भयो, रेशम चौधरीप्रति भयो, अब माधवकुमार नेपाल ज्युको पनि बयान लिंदैछ भन्ने सुन्दैछौं। अब के सिके राउतप्रति आक्रमण हुन्छ कि ?”

झाले पछिल्ला केही घटनाहरूमा पार्टीको ध्यानाकर्षण भएको उल्लेख गर्दै, ती कार्यहरू राजनीतिक प्रतिशोधको श्रृंखलाजस्तो देखिएको बताए।

“यी सबै विषयलाई हामीले राजनीतिक प्रतिशोधको क्रमको रूपमा लिएका छौं र गम्भीरतापूर्वक हेरिरहेका छौं। सँधै चुप लागेर बस्न सकिने अवस्था पनि नरहन सक्छ,” सांसद झाले चेतावनी दिएका छन्।

यसअघि पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले पूर्वप्रधानमन्त्री माधव नेपालसँग गोप्यरूपमा बयान लिएको समाचार सार्वजनिक भएको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #संसद्‍मा उठ्यो अख्तियारले माधव नेपालको बयान लिएको विषय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:18 am6:41 pm +0545