कपन डुबान समस्या समाधानको माग राख्दै बुढानीलकण्ठ नगरपालिकाको उपत्यका विकास प्राधिकरणमा धर्ना
काठमाडौं, वैशाख ५ – कपन क्षेत्रको दीर्घकालीन डुबान समस्या समाधानको माग गर्दै बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरूले काठमाडौं उपत्यका विकास प्राधिकरण (KVTDC) को अनामनगरस्थित कार्यालयमा धर्ना दिएका छन्।
नगर प्रमुख मिठाराम अधिकारीको नेतृत्वमा पुगेको प्रतिनिधिमण्डलले प्राधिकरणको लापरबाहीले कपन क्षेत्र डुबानको समस्यामा परेको आरोप लगाउँदै विरोध प्रदर्शन गरेको हो। कार्यक्रममा वडा नं. १०, ११ र १२ का वडाध्यक्षहरू, पूर्व प्रदेश सांसद तथा स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो।
‘डुबान समस्या समाधानमा चरम लापरबाही’
नगरपालिकाका प्रवक्ता तथा वडा नं. १० का अध्यक्ष नवराज भट्टराईले उपत्यका विकास प्राधिकरण र काठमाडौं जिल्ला प्रशासन कार्यालयले बुढानीलकण्ठ क्षेत्रका योजना कार्यान्वयनमा ढिलासुस्ती र गैरजिम्मेवार व्यवहार देखाएको आरोप लगाए।
“कपनको डुबान समस्या समाधानमा प्राधिकरणको चरम लापरबाहीप्रति आक्रोश व्यक्त गर्दै हामी धर्ना बस्न बाध्य भयौं,” भट्टराईले भने।
तीन वर्ष बित्यो, काम ३० प्रतिशत मात्र
नगरपालिकाका अनुसार करिब तीन वर्षअघि कपन क्षेत्रको डुबान समस्या समाधानका लागि आयोजना सुरु गरिएको थियो। दुई वर्षमै सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको हालसम्म मात्र ३० प्रतिशत काम सम्पन्न भएको छ।
नगर प्रमुख अधिकारीले ठेक्का सम्झौता गरिए पनि उपत्यका विकास प्राधिकरणले त्यसलाई बेवास्ता गर्दै आएको आरोप लगाए।
जनस्वास्थ्यमा असर, जनप्रतिनिधिको चेतावनी
डुबानका कारण कपन क्षेत्रका स्थानीय बासिन्दा दुर्गन्ध, जलजमाव र जनस्वास्थ्य समस्याको सास्ती खेप्दै आएका छन्।
नगर प्रमुख अधिकारीले नागरिकको अधिकार र जनसरोकारमा उदासीनता देखाउने कुनै पनि सरकारी निकायको व्यवहार स्वीकार्य नहुने चेतावनी दिँदै, ठोस प्रतिबद्धता नभएसम्म धर्ना जारी रहने बताए।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बुढानीलकण्ठ नगरपालिकाको उपत्यका विकास प्राधिकरणमा ( धर्ना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्