कपन डुबान समस्या समाधानको माग राख्दै बुढानीलकण्ठ नगरपालिकाको उपत्यका विकास प्राधिकरणमा धर्ना

काठमाडौं, वैशाख ५ – कपन क्षेत्रको दीर्घकालीन डुबान समस्या समाधानको माग गर्दै बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरूले काठमाडौं उपत्यका विकास प्राधिकरण (KVTDC) को अनामनगरस्थित कार्यालयमा धर्ना दिएका छन्।
नगर प्रमुख मिठाराम अधिकारीको नेतृत्वमा पुगेको प्रतिनिधिमण्डलले प्राधिकरणको लापरबाहीले कपन क्षेत्र डुबानको समस्यामा परेको आरोप लगाउँदै विरोध प्रदर्शन गरेको हो। कार्यक्रममा वडा नं. १०, ११ र १२ का वडाध्यक्षहरू, पूर्व प्रदेश सांसद तथा स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो।
‘डुबान समस्या समाधानमा चरम लापरबाही’
नगरपालिकाका प्रवक्ता तथा वडा नं. १० का अध्यक्ष नवराज भट्टराईले उपत्यका विकास प्राधिकरण र काठमाडौं जिल्ला प्रशासन कार्यालयले बुढानीलकण्ठ क्षेत्रका योजना कार्यान्वयनमा ढिलासुस्ती र गैरजिम्मेवार व्यवहार देखाएको आरोप लगाए।
“कपनको डुबान समस्या समाधानमा प्राधिकरणको चरम लापरबाहीप्रति आक्रोश व्यक्त गर्दै हामी धर्ना बस्न बाध्य भयौं,” भट्टराईले भने।
तीन वर्ष बित्यो, काम ३० प्रतिशत मात्र
नगरपालिकाका अनुसार करिब तीन वर्षअघि कपन क्षेत्रको डुबान समस्या समाधानका लागि आयोजना सुरु गरिएको थियो। दुई वर्षमै सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको हालसम्म मात्र ३० प्रतिशत काम सम्पन्न भएको छ।
नगर प्रमुख अधिकारीले ठेक्का सम्झौता गरिए पनि उपत्यका विकास प्राधिकरणले त्यसलाई बेवास्ता गर्दै आएको आरोप लगाए।
जनस्वास्थ्यमा असर, जनप्रतिनिधिको चेतावनी
डुबानका कारण कपन क्षेत्रका स्थानीय बासिन्दा दुर्गन्ध, जलजमाव र जनस्वास्थ्य समस्याको सास्ती खेप्दै आएका छन्।
नगर प्रमुख अधिकारीले नागरिकको अधिकार र जनसरोकारमा उदासीनता देखाउने कुनै पनि सरकारी निकायको व्यवहार स्वीकार्य नहुने चेतावनी दिँदै, ठोस प्रतिबद्धता नभएसम्म धर्ना जारी रहने बताए।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बुढानीलकण्ठ नगरपालिकाको उपत्यका विकास प्राधिकरणमा ( धर्ना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्