Techie IT
शनिबार, असार ७,२०८२

तारकेश्वरको पूर्वाधार छलफलमा ग्राण्डी अध्यक्ष कुँवरसहित विज्ञहरूको मन्त्री मास्केप्रति खुलेर गरे प्रशंसा


तारकेश्वर, काठमाडौं  । तारकेश्वर नगरपालिकामा “पूर्वाधार विकासको महत्व, सम्भावना र चुनौती” विषयक अन्तक्र्रिया तथा पूर्व बजेट छलफल कार्यक्रम सम्पन्न भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेशका मन्त्री अमन मास्केको पहलमा र पूर्वाधार विकास कार्यालय ललितपुरको आयोजनामा शनिबार  मन्त्री मास्केले आफ्नो निर्वाचन क्षेत्रभित्रका सामाजिक अभियन्ता, बौद्धिक व्यक्तित्व, वैज्ञानिक तथा शैक्षिक क्षेत्रका विज्ञहरूलाई सहभागी गराउँदै तारकेश्वर क्षेत्रको पूर्वाधार विकासका आवश्यकताहरूबारे छलफल गरेका थिए।

कार्यक्रममा सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपि) राजु अर्याल, ग्राण्डी इन्टरनेशनल अस्पतालका अध्यक्ष दीपक कुँवर, भ्याली कोल्ड स्टोरका अध्यक्ष हरीकृष्ण रावल, डा. बाबुराम अधिकारी, डा. घनश्याम पुडासैनी, डा. निरज धिताल, शिवराम अर्याल, राजेन्द्रध्वज थापा, लोकेन्द्र बहादुर खड्का, धन बहादुर पुन, नारायण शर्मा, श्याम प्रसाद रिजाल, अनामिका आचार्य, केदार बोगटीलगायत स्थानीय बुद्धिजीवी, सामाजिक अभियन्ता तथा पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो।

सहभागीहरूले तारकेश्वरको समग्र पूर्वाधार जसमा यातायात, खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य र सूचना प्रविधि लगायतका क्षेत्रमा विकास कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा गहिरो छलफल गरेका थिए।

अन्तक्रिर्या कार्यक्रममा बोल्दै आइजिपी राजु अर्यालले मन्त्री मास्केको सक्रियता सबै मन्त्रीले काम गर्न सके देस विकासमा अग्रता लिने बताउनुभयो । तारकेश्वर नगरपालिकाको विकास गरेर देशका अरु पालिकाले सिक्ने गरी स्थानीय सरकार र प्रदेश सरकार मिलेर काम गर्नुपर्ने अर्यालले बताए ।

मन्त्री मास्केको सक्रियताप्रति ग्राण्डी इन्टरनेशनल अस्पतालका अध्यक्ष दीपक कुँवरले गरे खुलेरै प्रशंसा

कार्यक्रममा ग्राण्डी इन्टरनेशनल अस्पतालका अध्यक्ष दीपक कुँवरले मन्त्री मास्केको सक्रियताप्रति खुलेरै प्रशंसा गरे । कुँवरले आफु पनि इन्जिनियर भएको र पहिलोपटक इन्जिनियर नै मन्त्री बनेको हुँदा तारकेश्वरको विकासमा टेवा पुग्ने बताए । आफुले हाउजिङ व्यवसाय गरेर व्यवस्थित बस्ती तथा शहर बनाउन उत्तरी भेगमा काम गरिरहेको कुँवरले बताएका छन् ।

मन्त्री मास्केले तारकेश्वरको शेषमतीमा ठूलो पुल बनाउन प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका थिए । त्यस्तै मन्त्री मास्केले आफु निर्वाचित भएपछि प्रदेशका १३ जिल्लाका सबै पालिकाहरुमा यस्ता कार्यक्रम गरेर मात्र योजना निर्माण र बजेट विनियोजन हुने बताउनुभयो ।

मन्त्री मास्केले बागमती प्रदेशका १३ ओटै जिल्लामा शिव सक्र्रिट मार्ग निर्माणको अध्ययन कार्य सम्पन्न हुन लागेकाले आउँदो आर्थिक वर्षमा बजेट विनियोजन गरी काम सुरु गर्ने बताए ।

तारकेश्वरमा ६१ करोडभन्दा बढी बजेट विनियोजन

बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयबाट तारकेश्वरमा ४९ करोड ८० लाख बजेट विनियोजन भएको थियो । त्यस्तै संस्कृति तथा पर्यटन मन्त्रालयबाट ३ करोड १९ लाख, खानेपानी, ऊर्जा तथा सिचाई मन्त्रालयबाट ३ करोड ७० लाख, वन तथा वातावरण मन्त्रालयबाट २ करोड ३० लाख, सामाजिक विकास मन्त्रालयबाट २ करोड २० लाख, स्वास्थ्य मन्त्रालयबाट ३८ लाख, कृषि तथा पशुपन्छी मन्त्रालयबाट ६६ लाख ६० हजार रहेको थियो । जसमा समग्रमा भौतिक पूर्वाधार विकास मन्त्रीको पहलकदमीमा यस वर्ष कुल ६१ करोड ६० लाख ६० हजार बजेट विनियोजन भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारकेश्वरको पूर्वाधार छलफलमा ग्राण्डी अध्यक्ष कुँवरसहित विज्ञहरूको मन्त्री मास्केप्रति खुलेर गरे प्रशंसा



तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:07 am7:03 pm +0545