प्रश्नपत्र आउट प्रकरण– मोडल प्रश्न काठमाडौं वर्ल्डका विद्यार्थीको मोबाइलमा गएको अनुसन्धानको निष्कर्ष

काठमाडौं । भक्तपुरको गुण्डुस्थित काठमाडौं वर्ल्ड स्कूलको विद्यार्थीको मोबाइलमा गएको प्रश्नपत्र मोडल प्रश्न भएको अनुसन्धान टोलीले निष्कर्ष निकालेको छ । प्रहरी र राष्ट्रिय परीक्षा बोर्डको आइटीको अनुसन्धान टोलीले गरेकाे छानविनकाे क्रममा परीर्थीको मोवाइलमा आएको प्रश्नपत्र मोडल भएको निष्कर्ष निकालेको हो ।
काठमाडौं वर्ल्ड स्कूलले कक्षा १२ को प्रश्नपत्र आउट गरेको आरोप लागेपछि जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय परीक्षा बोर्डले काठमाडौं वर्ल्ड स्कुलको परीक्षा केन्द्र चानक्य कलेजमा पुगेर छानविन सुरु गरेको थियो । परीक्षा सुरु हुनु अघि नै विद्यार्थीको हातमा प्रश्नपत्र पुगेको सूचना पाएपछि सीडीओ गोपालप्रसाद अर्यालसहितको टोलीले अनुगमन गरेको थियो ।
प्रहरी र एनइबीको आइटीको अनुसन्धान टोलीले छानविन गरेको थियो । सोही अनुसन्धान टोलीले घटनाको छानविनपछि विद्यार्थीको मोवाइलमा आएको प्रश्न मोडल भएको पाइएको सीडिओ अर्यालले बताए ।
उनले भने,‘ अनुसन्धान टोलीले विद्यार्थीको मोवाइलमा आएको प्रश्न र अहिलेको प्रश्न भिडाएर हेर्नुभएको थियो । दुईवटै प्रश्न हेर्दा नमिलेको देखियो । र बाहिरिएको प्रश्नपत्र भनिएको मोडल प्रश्न रहेको पाइएको छ ।’मोडल प्रश्नपत्र पनि परीक्षा अघि किन विद्यार्थीलाई पठाइयो भन्ने अर्को अनुसन्धानको पाटो हुने उनले बताए । त्यो विषयबारे पनि सोधपुछ भइरहेको उनले बताए ।
प्रहरीले विस्तुत रिपोर्ट बुझाएपछि मात्रै खुल्ने उनको भनाइ छ । उनका अनुसार अनुसन्धान टोलीले विद्यार्थीको मोवाइल जफत गरेर अनुसन्धान गरेको थियो ।
शिक्षा पत्रकार मकर श्रेष्ठले आइतवार विहानै कक्षा १२ को परीक्षा सुरु हुनुपूर्व नै काठमाडौं वर्ल्ड स्कूलका विद्यार्थीलाई प्रश्नपत्र आउट भएको सूचना फेसबुकबाट सार्वजनिक गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रश्नपत्र आउट प्रकरण– मोडल प्रश्न काठमाडौं वर्ल्डका विद्यार्थीको मोबाइलमा गएको अनुसन्धानको निष्कर्ष
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्