चन्द्रागिरिद्वारा कीर्तिपुर, धुनिबेँसी र दक्षिणकाली नगरपालिकालाई सहयोग

काठमाडौँ, वैशाख १० गते । चन्द्रागिरि नगरपालिकाले अन्तरपालिका सहकार्य कार्यक्रमअन्तर्गत आफ्ना तीन छिमेकी नगरपालिकालाई विभिन्न आयोजना कार्यान्वयन गर्न दस–दस लाख रकम उपलब्ध गराउने भएको छ ।
कीर्तिपुर नगरपालिकालाई कीर्तिपुर–४ स्थित थापागाउँ खरिबोट कुलो निर्माण गर्न चन्द्रागिरिले सो रकम उपलब्ध गराएको हो । गत असोज १०, ११ र १२ गतेको अविरल वर्षाबाट सो कुलो क्षति भएको जनाइएको छ ।
यसैगरी पिपलामोड–निशाकोट–डुडेभञ्ज्जाङ सडक स्तरोन्नति गर्न धुनिबेँसी नगरपालिकालाई चन्द्रागिरिले सो रकम उपलब्ध गराएको हो । चन्द्रागिरि–२ र धुनिबेँसी–९ को सिमानामा सो सडक रहेको छ । दक्षिणकाली नगरपालिका–८ स्थित टिमुरबोट–ओबी डाँडा–घङ्गेरी हुँदै फास्टट्रयाक जोड्ने मोटरबाटोका लागि चन्द्रागिरिले १० लाख उपलब्ध गराएको हो ।
चन्द्रागिरि नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख घनश्याम गिरीले कीर्तिपुर, धुनिबेँसी र दक्षिणकाली नगरपालिकाका नगर प्रमुखसँग द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्नुभयो । सो अवसरमा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर, नगरप्रवक्ता कृष्णप्रसाद खड्गी चन्द्रागिरि–१५ का वडाध्यक्ष घनश्याम लुईँटेल, शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख सुजनराज खनाल लगायत अन्य जननिर्वाचित प्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति थियो
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चन्द्रागिरिद्वारा कीर्तिपुर, #धुनिबेँसी र दक्षिणकाली नगरपालिकालाई सहयोग
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्