पत्रकारलाई ‘पत्रुकार’ भनेपछि मेयर लामाको यस्तो स्पष्टीकरण

हेटौँडा । आफूले उद्घाटन गरेको सैलुनलाई एसी र इन्भर्टर दिने विषयमा तोकआदेश दिएपछि विवादमा आएकी हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले एउटा टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा पत्रकारलाई पत्रुकार भनेपछि थप विवादमा आइन् ।
एक टिभी कार्यक्रम प्रस्तोताले एसीको तोकादेशको विषयमा प्रश्न गरेपछि झनक्क रिसाउँदै उनले ‘देश बिगार्ने यस्तै पत्रुकारले हो’ भन्दै फोन राखेकी थिइन् ।
एसी दिने तोकको सामाजिक सञ्जालमा विरोध भइरहदा मेयर लामाको पत्रकारप्रतिको टिप्पणीले सामाजिक सञ्जालमा थप चर्चा पाएको थियो ।
यसैबीच पत्रकारलाई प्रयोग गरिएको भाषाको विषयमा मेयर लामाले सामाजिक सञ्जालबाटै स्पष्टीकरण दिएकी छिन् ।
उनले आफ्नो फेसबुक मार्फत ‘नगरप्रमुख हुनुको नाताले सञ्चार क्षेत्र प्रति मेरो सदैव उच्च सम्मान भाव रहेको कुरा यसै विज्ञप्ति मार्फत जानकारी गराउँछु’ भनेकी छिन् ।
आफ्नो अभिव्यक्ति प्रेस जगतलाई चोट पुर्याउने मनसाय नभई परिस्थितिजन्य घटनाका रूपमा लिन अनुरोध गर्दै लामाले आगामी दिनमा प्रेस र उपमहानगरपालिकाको सम्बन्ध विगतमा झैँ प्रगाढ रहन्छ भन्ने विश्वास व्यक्त गरेकी छिन्
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पत्रकारलाई ‘पत्रुकार’ भनेपछि मेयर लामाको यस्तो स्पष्टीकरण
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्