गृहमन्त्रीको चेतावनी- पूर्वराजाका नाममा संविधानलाई समाप्त पार्ने गतिविधि कुनै पनि हालतमा क्षम्य हुँदैन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अहिलेको व्यवस्था र संविधानको रक्षा सरकारको महत्वपूर्ण जिम्मेवारी भएको बताएका छन्। गण्डकीस्तरीय सुरक्षा गोष्ठीलाई संम्बोधन गर्दै संविधान विरोधी गतिविधि स्वीकार्य हुने बताए।
उनले भने, ‘संविधान विरोधी गतिविधिहरुलाई निस्तेज गर्ने, नियन्त्रण गर्ने कुरामा हामी स्पष्ट र दृढ हुनुपर्छ। मुलुकमा संविधान विरोधी गतिविधि गर्ने, अस्थिरता उत्पन्न गर्ने र अहिलेको संविधानले संघीय लोकतान्त्रिक शासन व्यवस्थाको प्रत्याभूत गरेको छ।’
पूर्वराजाका नाममा वा अरु कुनै नाममा मुलुकमा संविधानलाई समाप्त पर्ने गतिविधि कुनै पनि हालतमा क्षम्य नहुने बताए। उनले यो संविधान धेरै ठूलो बलिदान र त्यागबाट बनेको स्मरण गरे।
उनले यो संविधान संसारको उन्नत लोकतान्त्रिक अभ्यास गरिरहेको कुनै मुलुकको संविधान भन्दा कमजोर नरहेको जिकिर गरे।
उनले भने, ‘समसायिक संशोधनहरु हुनसक्छन्, समाज जसरी विकासको बाटोमा अघि बढ्छ। संविधान पनि त्यसै अनुरुप संशोधन हुन्छन्। अग्रगामी ढंगले, पछाडि फर्किनको लागि हुन सक्दैन। त्यसैले हामीले हामी संविधानलाई आवश्यक संशोधन गर्छौँ।’
उनले अहिलेसम्मको संविधानको कार्यान्वयनको सबल र दुर्वल पक्षको मुल्यांकन गरेर राष्ट्रिय सहमतिको आधारमा संशोधन गर्ने बताए।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गृहमन्त्रीको चेतावनी- पूर्वराजाका नाममा संविधानलाई समाप्त पार्ने गतिविधि कुनै पनि हालतमा क्षम्य हुँदैन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्