भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु, १० जना पक्राउ

डोटी, ५ वैशाख । सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ । बडीकेदार गाउँपालिका–२ बर्छैनका २४ वर्षीय नरेश सार्कीको मृत्यु भएको हो ।
खड्यौलीस्थित प्रहरीचौकीका प्रमुख विरादत्त पन्तका अनुसार बिहीबार दिउँसो बडीकेदार गाउँपालिका–१ बेडुपाटा खोलाकिनारमा सिकार खेल्न गएका बडीकेदार गाउँपालिका–१ रजेडका कमलसिंह खड्काले बोकेको भरुवा बन्दुक पड्किँदा सार्कीको दायाँ छातीमा गोली लागेको थियो । निजको घटनास्थलमै मृत्यु भएको हो ।
अनुसन्धानको सिलसिलामा बन्दुक बोक्ने खड्का, रजेडका खेम खड्का, तारासिंह खड्का, सोही गाउँपालिका– २ तेजेन्द्र भाट, अम्मर शाह, चक्र भाट, सुनिल बम, गणेश घर्तीमगर, मानबहादुर शाह र गर्भुजाका जुलेश नामजाली मगरलाई पक्राउ गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #१० जना पक्राउ, #breaking, #भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्