मेयरले उद्घाटन गरेको सैलुनमा गर्मी भएपछि एसी दिन हेटौँडा उपमहानगरको तोक
हेटौँडा । स्थानीय सरकारले गरेका कतिपय निर्णय या तोकादेश चर्चाको विषय बन्ने गरेको छ । यस क्रममा हेटौँडा उपमहानगरपालिकाले तोक आदेश गरेको एउटा विषयले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ ।
यो विषयको सुरुवात हुन्छ एउटा सैलुनको उद्घाटनबाट । हेटौँडा-४ मा सुरु गरिएको द नाइन्टिन सैलुनको उद्घाटन गर्न पुगेकी हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामाले उद्घाटनको क्रममा ‘यहाँ गर्मी रहेछ, एसी जडानको लागि उपमहानगरपालिकाको तर्फबाट सहयोग गर्छु’ भन्ने वाचा गरेकी थिइन् । सोही बाचालाई सम्झँदै सैलुन सञ्चालक सुसन घलानले अब गर्मीको महिना सुरु भएको र आफ्नो सैलुनमा ग्राहकको भिड बढेको भन्दै उपमहानगर समक्ष एक थान एसी र एक थान इन्भर्टरको लागि निवेदन दिए ।
उपमहानगरले पनि निवेदकको माग बमोजिम माग भएको सामानको लागत अनुमान तयार गरी दिनु भन्ने तोक लगाएपछि उक्त पत्र सामाजिक सञ्जालमा एकाएक भाइरल भएको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले एउटा निजी व्यवसायलाई एसी दिने गरी तोक लगाउनु सुशासनको खिलाफ भन्ने आशयले तर्क गरिरहेका छन् । लामा समर्थक कतिपयले भने युवाहरूले सुरु गरेको व्यवसायलाई स्थानीय सरकारले प्रोत्साहन गरेको टिप्पणी गरेका छन् । यो विषयमा उपमहानगरले भने अहिलेसम्म आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
तर हामीले यसबारे हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१ का वडाध्यक्ष तथा उपमहानगर प्रवक्ता सविन न्यौपानेलाई यो विषयको जानकारी माग्दा उनले स्थानीय सरकारले गरिखाने युवालाई सहयोग गर्न खोज्दा यस्ता टिप्पणी आएको बताए ।
एसी विलासिताको सामानमा परेको कारण यस्तो प्रतिक्रिया आएको बताउँदै उनले अहिले लागत स्टिमेट मात्र माग भएको र दिने या नदिने निर्णय भइनसकेको उनको भनाई छ ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मेयरले उद्घाटन गरेको सैलुनमा गर्मी भएपछि एसी दिन हेटौँडा उपमहानगरको तोक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्