टोखा नगरपालिकामा वैशाख ४ गते बिस्काः जात्राका कारण सार्वजनिक बिदा
काठमाडौं । टोखा नगरपालिकामा प्रत्येक वर्षझैं मनाइने ऐतिहासिक, पौराणिक तथा सांस्कृतिक महत्वको बिस्काः जात्राको अवसरमा वैशाख ४ गते बिहिबार सार्वजनिक बिदा दिइने भएको छ।

टोखा नगर कार्यपालिकाको २०८१ साल चैत १७ गते बसेको बैठकको निर्णयअनुसार बिस्काः जात्राका अवसरमा २०८२ साल वैशाख ४ गते बिहिबार नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरू, वडा कार्यालयहरू, आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू (अत्यावश्यक सेवा बाहेक) तथा शैक्षिक संस्थाहरू बन्द रहने छन ।
नगरप्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले सूचना जारी गर्दै सो दिन कार्यालय बन्द हुने र यसले पर्ने असुविधाप्रति क्षमा याचना गरेका छन्।
टोखा बिस्काः जात्रा स्थानीय सांस्कृतिक एवं धार्मिक परम्पराको संरक्षण तथा उत्सवका रूपमा मनाइँदै आएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा नगरपालिकामा वैशाख ४ गते बिस्काः जात्राका कारण सार्वजनिक बिदा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्