एमाले विराटनगर महानगरको अधिवेशन आजबाट, नेतृत्वका लागि दुई वटा प्यानल तयार
विराटनगर । नेकपा एमाले विराटनगर महानगरको नयाँ नेतृत्वका लागि प्यानल प्रतिस्पर्धा हुने देखिएको छ । सर्वसम्मत नेतृत्व चयनका लागि नेताहरूले प्रयास जारी राखे पनि गुटका कारण महानगरमा पनि निर्वाचन हुने देखिएको हो । विराटनगर महानगरको दोस्रो अधिवेशन आज सुरु हुँदै छ ।
अधिवेशनको उद्घाटन नहुँदै प्यानल बनिसकेको छ । नेकपा एमाले मोरङको जिल्ला अधिवेशनमा विनोद ढकालको समूह प्यानलै विजयी भएपछि महानगरमा पनि ढकाल समूह हौसिएको छ । सो समूहले बलराम गिरी ‘नवीन’को नेतृत्वमा प्यानल बनाएको छ । गिरी अहिले महानगर सचिव छन् ।
यस्तै संस्थापन समूहबाट भने रोहित कोइराला अध्यक्षका आकाङ्क्षी छन् । उनी अहिले अध्यक्ष छन् । मान गढ खानेपानीको निर्वाचनलाई लिएर सागर थापा लगायतलाई कारबाही भएपछि कोइरालालाई महानगर अध्यक्षको जिम्मेवारी दिइएको थियो । उनी पुन अध्यक्षका लागि दाबेदारी गरिरहेका छन् ।
कोइरालाले आफ्ना समर्थक प्रतिनिधिसहित आफू निकट पार्टी नेतृत्वको उपस्थितिमा आइतबार विराटनगरमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
उनको समूहमा उपाध्यक्षमा राम पोख्रेलले मनोनयन दर्ता गर्ने तयारी गरेका छन् । उनी अहिले वडा नम्बर ८ का वडाध्यक्ष हुन् । यस्तै सचिवमा नवराज काफ्ले, उप सचिवमा कला डाँगी र चन्द्र शेखर विश्वासले मनोनयन दर्ता गर्ने तयारी गरेका छन् ।
यस्तै गिरीको प्यानलमा भने उपाध्यक्षमा सुरज न्यौपाने, सचिवमा विज्ञान चापागाईँ उप सचिवमा हमिद आजादलाई अघि सार्ने तयारी भएको छ । महिला उप सचिवको भने अझै टुङ्गो लागेको छैन ।
अधिवेशनमा १९ वडाबाट २ सय २० जना प्रतिनिधि छनोट भएका छन् ।
त्यस्तै जनसङ्गठनबाट ७९ जना प्रतिनिधि छनोट भएका छन् । थप १५ जना भने वर्तमान कमिटीले मनोनीत गर्ने छ । तर अहिले सम्म मनोनीत भने भइसकेका छैनन् । दोस्रो महानगर अधिवेशनले १०१ सदस्यीय महानगर कमिटी निर्वाचित गर्ने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले विराटनगर महानगरको अधिवेशन आजबाट, #नेतृत्वका लागि दुई वटा प्यानल तयार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्