बीरगन्ज महानगरमा कर्फ्युको आदेश जारी
जिल्ला प्रशासन कार्यालय पर्साले हनुमान जन्मोत्सवका अवसरमा आज यहाँ तनाव बढेसँगै ‘कर्फ्यू’ आदेश जारी गरेको छ। वीरगञ्जको छपकैयाँमा हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि आज बेलुका साढे ६ः०० देखि आइतबार बिहान १२ः०० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले हनुमान जन्मोत्सवका अवसरमा तनाव भएसँगै शान्तिसुरक्षा र अमनचयन कायम गर्नका लागि कर्फ्यू आदेश जारी गरिएको बताउनुभयो। “आज भएको तनावको विषयमा आधिकारिक विवरण आइसकेको छैन”, उहाँले भन्नुभयो, “केही सङ्ख्यामा प्रहरी र अन्य व्यक्ति घाइते भएको विवरण छ।”
कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जिल्लाको वीरगञ्ज महानगरपालिकाभित्र चार किल्ला तोकेर सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरेको छ। जसअनुसार पूर्वः भेडियाही चौक– वीरगञ्ज महानगरपालिका–१५, पश्चिमः सिर्सिया पुल–वीरगञ्ज महानगरपालिका–२५ सम्म कफ्र्यू आदेश जारी गरिएको हो। यस्तै, उत्तरतर्फ गण्डक चोकदेखि वीरगञ्ज महागरपालिका–१४ सम्म कर्फ्यू आदेश जारी गरेको छ।
यसैगरी, दक्षिणतर्फ शङ्कराचार्य गेट– वीरगञ्ज महानगरपालिका–१६ सम्म कर्फ्यू आदेश कायम रहने प्रशासनले जनाएको छ। यसअघि हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्राका क्रममा स्थानीय दुई समूहबीच झडप भएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रले हनुमान जयन्तीको अवसरमा बीरगञ्जमा निकालिएको जुलुस प्रदर्शन बीरगञ्जको छपकैया पुग्दा केही असामाजिक तत्वले छतको छानाबाट ढुंगा प्रहार गर्दा स्थिति नियन्त्रणभन्दा बाहिर गए पछि र्कफ्यु आदेश जारी भएको बताउनुभएको छ ।
प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार सौहार्दपूर्ण वातावरणमा छपकैया पुगेको जुलुस माथि केही असामाजिक तत्वले छतको छानाबाट ढुंगा प्रहार गर्दा स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि प्रहरीले केही राउन्ड अश्रुग्यास प्रहार गर्दा प्रहरी तथा अन्य केही ब्यक्तिलाई चोट लाग्दा घाइते भएकाले बताउनुभयो । उहाँले घाइतेको तथ्याङ्क तथा प्रहरीले फायर गरेको अश्रुग्यासको तथ्याङ्क लिने काम भइरहेको जानकारी दिनुभयो।
प्रत्यक्षदर्शीका अनुसार घटनामा २४ जनाभन्दा बढी ब्यक्ति घाइते भएको र छवटा मोटरसाइकल र दुइवटा पसलमा आगलागी समेत भएको बताएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बीरगन्ज महानगरमा कर्फ्युको आदेश जारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्