राप्रपाको मंगलबार गर्ने प्रदर्शन र सभाको तयारी पूरा
काठमाडौं । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले मंगलबार काठमाडौंमा गर्ने प्रदर्शन र सभाको तयारी पूरा भएको राप्रपाले छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार भृकुटीमण्डपमा हुने सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरुले सम्बोधन गर्ने तयारी छ ।
सभा सुरु हुनुअघि काठमाडौंका सुन्धारा, रत्नपार्क लगायतका स्थानबाट जुलुस निकालिने छ । ती जुलुस भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने राप्रपाले जनाएको छ ।
प्रदर्शन र सभालाई शान्तिपूर्ण बनाउने तयारी राप्रपाको छ । यसअघि चैत १५ गते राप्रपाको समेत समर्थन र सहभागितामा संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि भन्दै काठमाडौंको तीनकुनेमा आयोजना गरिएको सभा हिंसात्मक भएको थियो । दुर्गा प्रसाईंले नेतृत्व गरेको प्रदर्शनमा २ जनाको मृत्यु भएको छ भने अर्बौंको भौतिक क्षति पुगेको अनुमान छ ।
लगत्तै बसेको राप्रपाको बैठकले हिंसा भड्किनुको दोष सरकारलाई लगाएको थियो । तर हिंसा भड्काएको भन्दै प्रहरीले राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायतलाई पक्राउ गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #\, #breaking, #राप्रपाको मंगलबार गर्ने प्रदर्शन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्