समाजवादी मोर्चाको विरोधसभालाई ४ नेताले मात्रै सम्बोधन गर्ने, झलनाथ नजाने
काठमाडौं । समाजवादी मोर्चाले आज काठमाडौंमा विरोधसभा गरेको छ। मोर्चाको विरोध प्रदर्शन विभिन्न ठाउँबाट सुरु भइसकेको छ।
र्याली भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत हुनेछ। सभालाई मोर्चामा आबद्ध चार दलका अध्यक्षहरूले मात्रै सम्बोधन गर्ने भएको छ। सरकार र राजावादीहरूलाई दबाब दिनको लागि मोर्चाले आज प्रदर्शन गरेको हो।
आजको सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द र नेसपाका अध्यक्ष महिन्द्रराय यादले सम्बोधन गर्नेछन्।
यसैबीच, मोर्चामा चार पार्टीका अध्यक्षहरूले मात्रै सम्बोधन गर्ने तय भएपछि नेकपा एसका सम्मानित नेता झलनाथ खनाल भने सभामा नजाने भएका छन्। खनाल यसअघिदेखि नै मोर्चाप्रति सकारात्मक सुनिँदैनन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #झलनाथ नजाने, #समाजवादी मोर्चाको विरोधसभालाई ४ नेताले मात्रै सम्बोधन गर्ने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्