Techie IT
सोमबार, वैशाख २२,२०८२

स्वरहिन मान्छेहरु


सरिता सापकोटा

स्वरहिन मान्छेहरु,,
गोधुलि मै
एकहुल मान्छेहरु आउछन,
मरणासान्न पार्छन् बुद्धलाई नै
देख्नेहरु अन्धा भएछन्
सुन्नेहरु पनि वैरा रे
बोल्लान जस्ता मान्छेहरु
लाटा पो परेछन्
लौन के बयान दिने हो अदालतमा
को बोल्देलान घाइते बुद्धको पक्षमा सोचिरहेथ्ये ,
अचानक बाघले झम्टियो
एक भेडालाई कराए सारा भेडाहरु एकै स्वरमा
सम्पूर्ण भडाहरु कराएकोमा अचम्मित भए म
र सोधे आमालाई एउटालाई झम्टदैमा
सारा भेडाहरु कराएका किन आमा र
आमा मौनता र उदासिनतालाई भङ्ग गर्दै भन्छिन
आफू खुशि वलि नै चढ्न परोस भोक लागोस् रोग लागोस्
अन्याय र उत्पिडनलाई किमार्थ सहन सक्दैनन्, कराउँछन र चिच्याउछन
पशुहरु,,किनकि हेर नानी
यि मान्छेहरु जस्ता कुटिल अबसरवादि
अनि स्वरहिन
हुदैनन् पशुहरु,,,


क्याटेगोरी : विचार/बहस
ट्याग : #स्वरहिन मान्छेहरु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Partly Cloudy
5:19 am6:41 pm +0545