लकडाउनका कारण अस्तब्यस्त शिक्षा क्षेत्रका बारेमा अनेरास्ववियू र शिक्षा मन्त्री बिच गम्भीर छलफल

पुकार तिमलसिना
काठमाडौ । कोरोना भाइरसको विश्वब्यापी महामारी विरुद्ध यतिबेला नेपाल मात्र हैन लगभग सिङ्गो विश्वनै लकडाउनको अवस्थामा छ । कोरोना भाइरसको महामारी फैलन नदिन निर्विकल्प वाध्यता वनेको लकडाउनका कारण राजनीतिक, आर्थिक सामाजिक जीवन अस्तब्यस्त भएको छ ।
यसको अनिवार्य परिणतिको रुपका शैक्षिक क्षेत्र पनि भद्रगोल वन्ने देखिंदैछ । यतिबेला मुलुकभरका ४ लाख ८२ हजार ७ सय ७ जना विद्यार्थीहरुहरु कहिले लकडाउन सकिएला र एस।ई।ई।को परिक्षा दिन पाइएला भनेर तनावपूर्ण प्रतिक्षामा रहेका छन् ।
चैत्र ६ गतेका लागि तय भएको सो परिक्षा चैत्र ५ गते सांझ मात्र स्थगनको घोषणा गरिएको थियोे। त्यस दिन सम्म आइपुग्दा दुरदराजका हजारौं विद्यार्थीहरुले परीक्षा केन्द्र नजिकको ठाउँमा डेरा डण्डा लगायतका आवश्यक तयारी गरिसकेका थिए । कुल १ हजार ९ सय ९७ परीक्षा केन्द्र तोक्किएको उक्त परिक्षाका प्रश्नपत्रहरु अहिले आपतकालिन रुपमा नजिकैको प्रहरी चौकीमा राखिएका छन् ।
परीक्षा कहिले हुन्छ भनेर कसैले भन्न सक्ने अवस्था छैन । प्रहरी चौकीमा थन्क्याइएका प्रश्नपत्र उही हुन्छन् वा नयाँ वनाइन्छन् त्यसको अन्यौल पनि कायमै छ । एसइइ। दिने कलिला विद्यार्थीहरु अनिश्चित रुटिनको परीक्षा तयारी र निकट शैक्षिक भविष्यको तनावले पिरोलिएका छन् ।
समग्रमा यतिबेला कक्षा १० सम्मका करिव ८० लाख , ११ र १२ का करिव ५ लाख र विभिन्न विश्वविद्यालयहरुका ५ लाख गरी झण्डै ९० लाख विद्यार्थीको शैक्षिक गतिविधि ठप्प भएको छ ।
यस्तै जटिल समस्याको समाधान गर्ने आज अनेरास्वीयूले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल संग भेट गरेको छ ।
शिक्षा क्षेत्रका बारेमा अनेरास्ववियूका अध्यक्ष ऐन महर , महेश र्बतौला , आर.सी लामिछाने , नारायण घर्ती लगायतका प्रतिनिधिले गम्भीर छलफल गरेका छन। निम्न उल्लेखित बिषयमा अनेरास्ववियूको तर्फ बाट ५ बुँदे अपिल प्रस्तुत गरिएको अनेरास्वीयू केन्द्रिय सदस्य सुमन राज कार्कीले बताए ।
।
१) पछि संक्रमणको फैलावटलाई मध्यनजर गरेर red zone yellow zone र green zone तोकेर लकडाउन खुकुलो बनाउने तर हाललाई कम्तिमा एक हप्ता लकडाउन जारी राख्नुपर्ने ।
२) SEE र कक्षा ११ को परीक्षा लकडाउन खोले पछि होम सेन्टर मा स्वास्थ्य सम्बन्धी साबधानी अपनाएर लिनुपर्ने अन्यथा स्वत : ग्रेडिङ गर्नु पर्ने। तर १२ कक्षाको अनिवार्य परीक्षा गर्नु पर्ने।
३) बिश्वबिद्धालय का स्थगित गरिएका परिक्षाका सन्दर्भमा लकडाउन खोले लगत्तै लिने गरि तयारी गर्नु पर्ने।
४) सबैको पहुँचमा पुग्ने गरि online कक्षा सञ्चालन गर्नु पर्ने त्यसका लागि नेपाल टेलिकम सँग समन्वय गरि डाटा र भ्वाइस कल निशुल्क ब्यबस्था गर्नु पर्ने ।
५)नयाँ शैक्षिक सत्र कोरोना भाइरस नियन्त्रण गरि लकडाउन खोले पछि शुरु गर्नु पर्ने लगायत बिबिध
क्याटेगोरी : समाचार
ट्याग : #hot, #अनेरास्ववियू र शिक्षा मन्त्री, #ऐन महर
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्