६० लाख धरौटी माग्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध रविले गरे पुनरावेदन
काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा ६० लाख धरौटी माग्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध रविले पुनरावेदन गरेका छन् ।
गत माघ ३ गते न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रविलाई ६० लाख धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको थियो । उक्त धरौटी मागको आदेश बदर गरी तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनी लामिछानेले दफा ७३ बमोजिम पाटन उच्च अदालतमा निवेदन गरेका हुन् ।
पुनरावेदन निवेदन दर्ता गराउन लामिछाने हरिहर भवन आउने जानकारीपछि रास्वपाका नेता-कार्यकर्ता अदालत बाहिर जम्मा भएका थिए ।
चितवनको सहारा सहकारी सम्बन्धी मुद्दामा माघ २४ गते ५४ लाख धरौटी मागेको मुद्दामा पनि उनले पुनरावेदनको तयारी गरेका छन् । लामिछानेले कास्की र रुपन्देही जिल्ला अदालतको धरौटी आदेशविरुद्ध यसअघि नै पुनरावेदन दर्ता गराइसकेका छन् ।
पर्साको सानो पाइला सहकारी बचत अपचलनको मुद्दामा लामिछानेविरुद्ध अनुसन्धान जारी छ । मुद्दा भने दर्ता गरिसकिएको छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #६० लाख धरौटी माग्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध रविले गरे पुनरावेदन, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्