समाजसेवी प्रकाश लामिछाने द्वारा प्रभात मा.वि. धावामा शैक्षिक सामग्री वितरण
फागुन २८, गाेरखा । समाजसेवी प्रकाश लामिछाने द्वारा गाेरखा जिल्लाकाे भिमसेनथापा गाउँपालिका वडा नं ४ स्थित धावा मा रहेकाे श्री प्रभात मा बि बिधालयमा अध्यानरत ३०० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरीएको छ ।
हिमालय हब एडभेन्चर प्रा. लिमिटेडका प्रबन्ध निर्देशक प्रकाश लामिछानेको समन्वयमा कक्षा १ देखि १० सम्म अध्ययनरत ३०० जना विद्यार्थीहरूलाई उक्त शैक्षिक सामग्रीहरू झाेला, कपि, पेन, ज्यामिती वक्स, विद्यालय पोशाक र २० जना अति बिपन्न विद्यार्थीहरूलाई जनही ३ हजारकाे दरले फागुन २८ गते एक ओैपचारिक कार्यक्रम गरि वितरण गरेकाे हाे ।
वितरण कार्यक्रममा प्रमुख अतिथि भिमसेनथापा गाउँपालिक शिक्षा विभागका प्रमुख नारायण श्रेष्ठ, अतिथिहरू मा वडा अध्यक्ष धन बहादुर तामाङ्ग , वडा सदस्यहरू र श्री प्रभात माध्यमिक विद्यालय व्यवस्थापन समितीका अध्यक्षा मदनकुमार शाक्य तथा श्री प्रभात मा.वि का प्राधानाध्यपक बासुदेव सापकोटा सभापतिकाे रूपमा रहनु भएको थियोे ।
साथै विद्यालयमा अध्यापनरत शिक्षक, शिक्षिकाहरू, स्थानीय, अभिभावका र विद्यार्थीहरूकाे महत्त्वपूर्ण उपस्थितिमा वितरण कार्य सम्पन्न भएको थियोे ।
वितरण कार्यक्रममा पालिका शिक्षा विभागका प्रमुख नारायण श्रेष्ठले शैक्षिक सामग्री पाएपछि आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई अध्ययन गर्न सजिलो भएको जानकारी दिए। सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनले बताए ।
कापी कलम र शैक्षिक सामग्रीको अभावमा विपन्न विद्यालय आउन नसक्ने बालबालिकाहरुलाई सहज भएको विद्यालयका प्रअ बासुदेव सापकोटाले बताए। शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरु नियमित विद्यालय आउने उहाँ ले जनाकारी दिए ।
शैक्षिक सामग्री हस्तान्तरण संस्था हिमालय हब एडभेन्चर प्रा. लिमिटेडका प्रबन्ध निर्देशक प्रकाश लामिछानेले संस्थाले गरेकाे याेगदानकाे बारेमा जानकारी गराउनु भएको थियोे। उहाँले न्यून आय भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने भएकाले अभियानकै रुपमा यस्ता कार्यक्रम जारी रहने बताए ।
संस्थाका सिइओ पुरुषोत्तम रिमाल (पुरू) ले विद्यार्थीहरूकाे व्यक्तित्व नेतृत्व विकास साथै रचनात्मक गतिविधि सञ्चालन गर्न आउदाे दिनमा पनि निरन्तर सहयाेग गर्ने वताउनु भएको थियोे ।

क्याटेगोरी : समाचार, समाज
ट्याग : #गाेरखा, #धावा, #प्रकाश लामिछाने, #समाजसेवी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्