अरुण नदीमा बन्ने जलविद्युत आयोजना चाँडो निर्माण गरेर मुलुकले फाइदा लिनुपर्छ : उर्जामन्त्री खड्का
काठमाडौँ, २७ फागुनः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण नदीमा बन्ने जलविद्युत् आयोजना चाँडो निर्माण गरी फाइदा लिनुपर्ने बताउनुभएको छ ।
अरुण नदीमा निर्माण हुने माथिल्लो अरुण र अरुण चौथो जलविद्युत् आयोजनाबारे सोमबार मन्त्रालयमा आयोजित छलफलका क्रममा मन्त्री खड्काले लामो समय जलविद्युत् आयोजना नबन्दा राज्यले ठूलो क्षति बेहोर्नुपरेको उल्लेख गर्दै माथिल्लो अरुण, अरुण चौथोलगायतका आयोजनालाई समयमै सम्पन्न गरेर मुलुकले अत्यधिक फाइदा लिनुपर्ने बताउनुभएको हो । काम गर्ने सिलसिलामा समस्या आउने भन्दै यसलाई समाधान गरेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
ऊर्जामन्त्री खड्काले लगानी सुरक्षित हुने र मुलुकलाई अत्यधिक फाइदा हुनेगरी काम सम्पन्न गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले आयोजना निर्माण हुँदा हजारौँ व्यक्तिले रोजगारी पाउनुका साथै मुलुकको आर्थिक विकास हुने भएकाले आयोजना निर्माणलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
छलफलमा मन्त्री खड्कासँगै मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंह, माथिल्लो अरुणको प्रमुख कार्यकारी निर्देशक फणिन्द्र जोशी, नेपाल विद्युत् प्राधिकरणका निर्देशक नसिवमान प्रधान, माथिल्लो अरुणका आयोजना प्रमुख रामचन्द्र पौडेललगायतको सहभागिता थियो ।
छलफलमा सहभागीले दुवै आयोजनाबाट मुलुकले कसरी अधिकतम फाइदा लिन सकिन्छ त्यसतर्फ लाग्नुपर्ने बताउनुभएको थियो । यस सम्बन्धमा अध्ययन गरी निष्कर्षमा पुग्नका लागि एक प्राविधिक समिति गठन गरिने भएको छ ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : ## काठमाडौं, #breaking, #hot, #अपर अरुण, #अरुण तेश्रो, #अरुण नदीबाट, #उर्जा जलस्रोत तथा सिचाइ मन्त्रालय, #उर्जा मन्त्री दिपक खड्का, #जलविद्युत् आयोजना, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्