‘ड्रोन’ बाट आगलागी नियन्त्रण गर्न ‘तालिम’ र ‘प्रयोगात्मक अभ्यास’
काठमाडौँ । आगलागीका सम्भावित घटनालाई तत्काल नियन्त्रणमा लिन काठमाडौँ महानगरपालिकाले प्रविधिको प्रयोगलाई अभ्यास गर्न थालेको छ । आज राष्ट्रिय सभा गृहमा नगर प्रहरी, बारुण यन्त्र कार्यालयका अग्नि नियन्त्रक, प्रशासन विभाग, विपद
व्यवस्थापन विभाग, प्रशासन विभाग र सूचना प्रविधि विभागका कर्मचारीसहित ४० जनालाई तालिम र अभ्यास गराइएको हो । तालिमको सैद्धान्तिक कक्षामा ड्रोन प्रविधि, यसलाई प्रयोग गर्नुअघि प्रोपेलरको परीक्षण र जडान, ड्रोन दर्ता र नियामक निकाय, सञ्चालन प्रक्रिया, प्रयोग गर्न नहुने र सञ्चार समन्वय गरेर मात्र प्रयोग गर्नु पर्ने अवस्था, आपतकालीन अवस्था व्यवस्थापनमा यसको प्रयोग, आगलानी नियन्त्रणमा प्रयोग हुने ड्रोनमा राखिने फायर इस्टिङ्ग्विसर बल, नियमन व्यवस्थापनसँग सम्बन्धित सरोकारवालालगायत विषयमा ज्ञान प्रदान गरियो । यस्तै फायर इस्टिङ्विसर बल राखिएको ड्रोनलाई आगलानी भएको ठाउँमा लैजाने र बल खसाल्ने विधिलाई अभ्यास गराइयो ।

यस क्रममा सभा गृहको प्राङ्गणमा राखिएको ड्रममा बालिएको आगो ड्रोनबाट फायर इस्टिङ्ग्विसर बल खसालेर निभाइएको थियो ।
घना सहरी बस्तीमा आगलागीलगायत विभिन्न खालका जोखिम बढ्दो क्रममा छ । विपद व्यवस्थापन विभागका प्रमुख जगदिश अर्यालले, बढ्दो चुनौती सामना गर्न प्रविधिको विकास हुनु अवसर भएको र यही अवसरलाई क्षमतामा विकास गर्न लागिएको बताउनुभयो ।
नयाँ सडक, बालाजु र रामहिटीबाट अग्नि नियन्त्रण सेवा
घना बस्ती भएकाले काठमाडौँ आगलागी जस्ता विपदका कोणबाट जोखिममा छ । आगलागीका समयमा क्षति कम गराउन काम गर्नुपर्ने पक्षसँगै अग्नि दुर्घटना हुनै नदिनु सबै भन्दा उत्तम विकल्प हो । यसका लागि प्रविधिमा आधारित क्षमता विकास थालिएको हो ।

महानगरसँग अहिले पूर्ण क्षमतामा काम गर्न सक्ने ४ वटा दमकल छन् । एउटा मर्मतका क्रममा रहेको छ । नयाँ सडकमा एउटा दमकल र एउटा रेस्क्यु ट्रक राखिएको छ । बालाजुमा २ वटा र रामहिटीमा एउटा दकमल छ । जनशक्ति ओसारपसार गर्न एउटा भ्यान र एउटा जिप छन् । यसैगरी ८ वटा फायर मोटरसाइकल सञ्चालनमा छन् । दमकलमा पानी थप्न एउटा पानी ट्याङ्कर छ । डुवानका समयमा पानी तानेर फाल्नका लागि ४ वटा पम्प छन् । केही साधन तथा उपकरण भने मर्मत गरिँदैछ ।
आगलागी हुँदा दमकल जान नसक्ने कतिपय साँघुरा सडक तथा गल्लीमा ड्राइराइजर जडान गरिएको छ । कतिपयमा जडान प्रक्रिया चलिरहेको छ । यो काम केन्द्रबाट विपद व्यवस्थापन विभाग र वडाबाटै पनि काम भइरहेको हो ।




क्याटेगोरी : समाचार
ट्याग : #‘ड्रोन’ बाट आगलागी नियन्त्रण गर्न 'तालिम' र 'प्रयोगात्मक अभ्यास', #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्