चिन्ता र गुनासो , अध्यादेश फिर्ता शन्दर्भ
गोविन्द ज्ञवाली
आज बेलुका तिर कानमा परेको समाचारले देशलाई ७ मेग्निच्युटको धक्काले हान्यो हान्यो, मलाइ पनि एक झड्का हल्लायो । दुर्भाग्य, यो सतिले सरापेको देश अबत अलिकती केही पतिवर्तनको महसुस गर्लाकी भनेको फेरि कोरोनाको कहर संगै ब्याक फोर्सको भुकम्प्को धक्का लाग्यो, यो देशको राजनितिमा । धिक्कार छ १ त बिश्वासलाई, कहिल्यै स्थिर भएर न टिक्न सकिस, न गन्तब्यनै ताक्न सकिस
यसो आशाका किरणहरुले पालुवा हाल्न थाल्छ, अनि भुकम्प, दैपी प्रकोप, कोरोना भाइरस प्रकोप हुंदा हुंदा फेरि, ूअबत केही हद सम्म नियन्त्रण गरियोू भनेको राजनैतिक अस्थिरता निम्त्याउने र काम गर्ने मान्छेलाइ चाखे थाप्ने र खुट्टा थान्ने उहीँ राजनीतिको अराजनैतिक संस्कारले पुनस् संक्रमित गराउंन छोडेनछ । भननन्न। एउटा आवाज आयो।।।खाइस तेरो बिश्वासको फल अब रु फल्ल त के फुल्न त दिदैनौ तेरो बिस्वासलाइ
नभन्दै एउटा तितो खवर समाचार सुनियो १ एउटा माली, जस्ले असिना र पानीले थिचेर छिन्न भिन्न बनाएको बगैचालाइ केही हद सम्म सझाएका थिय, हुरि बतासले हल्लाएका बिरुवाहरु सबैलाई धराप दियर जरा गाडने काममा सबै सहयात्रीहरुलाइ गोलबन्ध गराएर तान्दै थिए, जस्तै बिपत्ति र चुनौतिलाइ पनि नअत्तालिएर सामना गर्दै यो साझा बगैंचालाई हराभरा र भरिभराउ गराउने काममा अस्पतालको बिस्तारवाट पनि एउटा सच्चा मालिको हैसियतले बगैचाकै संरक्षणमा सिधै तेतै हानिदै फुल र कोपिलाको रक्षाका लागि हौसिंदै थिय, तेहि अडिग र मृत्युलाई पनि पाखा लगाउंने साहस बोकेको बूढो मालिलाइ पनि दुश्मनहरुले, भुल भुलैयाका कालिदास प्रवृत्तिहरुले गलाए अरे भनेर सुनियो ।

१ यो बूढो माली पनि गल्यो भने, अब को बांकी रहला र रु अरु त जता हावा चल्यो, उतै सरर त हो, के आधार छ र ? केराको फेंद न हुन । आफनै बगैंचा अतिक्रमण गरेको र कोरोना भाइरस फैलिय जस्तै गरि स्लो प्वाइजन फैलाएर आफैलाई ध्वंश गर्ने योजना गरेको पत्तै छैन ?
कतिपय त उहीँ कित्तामा हाम फाल्छ्न र उहीँ आंफनै बल लगाएर अरु सबैलाई तान्न बल गर्ने मियोलाइनै ढलाउन जोड गर्छन भने हामी जस्ता आशाबादीहरुलाइ झडका नलाग्ने कुरै भएन ?
कुरो आयो र सुनियो, प्रधानमन्त्री केपि ओलि ज्यु, प्रधानमन्त्री आंफुले मन्त्री परिषदवाट गृहमन्त्री प्रस्तावक भएर सिफारिसभै रास्ट्रपतिवाट स्वीकृत गराएका केही आवश्यकता अनुरूपका अध्यादेश फिर्ता लिन सहमत हुनु भयो भनेर ।
हिजो अहिलेको परिश्थितिमा बेमौसमी बाजा बजाय जस्तो गरि बिधेयक ल्याय प्रधानमन्त्रीले र पास समेत गराए रास्ट्रपतिवाट भनेर केही बिरोध र चर्चा हुंदा, मैले पनि केही चित्त नबुझेको कुरा गरेको थिय कि यो बिरोध गर्नु पर्ने आवश्यकता छैन र तरिका पनि ठिक भएन भनेर ।
कतिपय नेताको धारणा, कोरोनाको कहरको अबस्थामा किन भन्ने पनि थियो । कति पय स्वरहरु विरुद्धमा थियनै ।
काम गर्दा र अगाडि बढदा बिरोधका स्वर अबस्य आंउछ्न । अध्यपी सरकार अगाडी बढ्छ भन्ने हाम्रो बिश्वास हो । कोरोना आएपनी सरकारले यसको बिरुद्धको लडाइँ प्रती गम्भीर र सतर्क हुँदै केही आवश्यक काम, कानुनी बन्दोबस्त र दैनिक राज्यको प्रसासन र जनजिबिकाका सवालमा ध्यान दिनै परो, समय कठिन भएपनी सम्भव हुने कुरामा अगाडी बढ्न नहुने कुरा भएन ।
आवस्यकता पर्दा परिस्थिति अनुसार आषाढ महिनामा पनि बाजा बजाएर बिबाह गर्नु पर्छ । कुनै परिस्थितिमामा घरमा बिरामी सिकिस्त हुदा पनि हतपतमा बिबाहको बाजा बजाउनु पर्ने अवस्था आउँछ । यी अध्यादेशको आवश्यकता भएरै ल्याइएको हुनुपर्छ।
तर, फेरि किन प्रधानमन्त्री ज्यु, किन बिचलित रु बिरोधको लागि बिरोध गर्नेहरुको सामना गरेर जायज बिधेयक लाई किन कर्यान्वयन न गराउने त रु हल्ला हो कि, बास्तबिक रुपमै फिर्ता गर्ने मोडमा हुनुहुन्छ रु यदि फिर्ता गर्न बाध्य हुनु भयो भने, देशमा केही हुन्छ र देश धानिन्छ अब भन्ने हाम्रो झिनो बिश्वास पनि डगमगाउने भयो नि रु
जनताले बिशेष गरि हिजोको एमालेको र कम्युनिस्ट पार्टिहरुको एकताको स्पृट्लाइ हेरि केही बिश्वास र आस्थाका साथ कांग्रेसको दिवालियापनवाट वाक्क भएर तपाइँको नेतृत्वमा भारी अभिमत दिएर जिम्मेवारी सुम्पेको कुरा बिर्सनु हुन्न होला रु कतिपय बाटो बिराएर कम्युनिस्ट आन्दोलनलाइनै जानी नजानी बर्बादिको खाल्टोमा पुर्याउने नेता पार्टीहरु र कार्यकर्ताहरुलाइ सहि बाटोमा डोर्याउने र देश टुक्र्याउने हरुलाइ समेत रास्ट्रको मुलधारमा ल्याएर झन्डै दुई तिहाई अपार जनमतको सरकारको निर्माण गर्न सफल हुनुभएको छ।
तपाईंको नेतृत्वमा भनेको तिनै जनताको नेतृत्व हो जस्ले तपाईंलाई केवल कार्यकारी जिम्मा मात्रै दिएका हुन । तपाईं गल्नु भनेको ती अभिमत गल्नु हो । नेपालमा अरु विकल्प छैन जो कोहि पनि यो जनताको छनोटको नेतृत्वलाई अरु शिर्ष नेताले साथ दिएर कम्युनिस्ट पार्टी नेकपाको सरकार ले निरंतरता दिने बाहेक ।
यस्तो सरकारको प्रधानमन्त्रीले आंफुलाइ कम्जोर ठान्नु भएन । जनताको जनादेश छ, ढुक्क यो निर्णय फिर्ता नलिएर अगाडि बढनुस, पार्टीको साथ हुनैपर्छ । बिधेयक फिर्ता गर्नु भनेको जनादेशको अपमान हुन्छ । यस्तो गल्ती पक्कै गर्नु हुन्न भन्ने हाम्रो बिश्वास छ ।
बिगतमा धेरै चिफ्लिएक घटनाहरूको फेरस्ती छ, जनता संग सरकार र नेकपाको नेतृत्वको । पार्टी एकीकरणमा शिद्दान्ततस् गलत संझ्ययौता गरेको छ । गम्भीर रुपमा गल्ती भएको छ । जुन बाटो र मार्गदर्शन पार्टिले अंगिकार गरेकोछ, व्यबहारमा र सत्यतामा यो शिद्दान्त मार्गदर्शनलाई भुलेको छ ।
कम्युनिस्ट एकताको नाममा जननेता आदरणीय कमरेड मदन भण्डारीको बहुदलीय जनवादको मर्म र मान्यतालाई बिर्सनु काहां सम्मको भुल हो रु अरु धेरै कम्प्रमाइज्मा जांदा धेरै चिफ्लिने काम भएकोले होला, एउटा पावरफुल र फलामे अनुसासनको पार्टि र माहान जनताको सुपर पावर लिडरलाई कमजोर बनाउंने खेल भित्र र बाहिर दुबैतिरवाट भएकोछ ।
एउटा जनताको र समग्र रास्ट्रको गौरव माथी प्रायस् हिलो छ्याप्ने काम भएको छ । यस्तो प्रवृत्ति प्रती सिङ्गो सरकार सत्तासिन पार्टी बढी गम्भीर हुनु जरुरी छ ।
क्याटेगोरी : विचार/बहस
ट्याग : #गोविन्द ज्ञावली, #चिन्ता र गुनासो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्