पोखराबाट उडे पूर्वराजा, विमानस्थलमा पञ्चेबाजा बजाएर बिदाई
पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं प्रस्थान गरेका छन् । उनलाई पोखरा विमानस्थलमा समर्थकहरुले भव्य बिदाई गरे ।
पोखरामा निजी भ्रमणका क्रममा लामो समयका बिताएपछि पूर्वराजा आज काठमाडौं फर्किन लागेका हुन् । समिट एयरको चार्टर जहाजमार्फत उनी आउँदैछन् ।
पोखरा विमानस्थलमा पूर्वराजालाई बिदाई गर्न समर्थकको भिड लागेको थियो । उनलाई पञ्चेबाजा बजाएर बिदाई गरियो । समर्थकले राजसंस्थाको समर्थनमा नाराबाजी समेत गरे । पूर्वराजा दुवोको माला लगाएर निस्किएका छन् । संस्कृतिविद् डा. जगमान गुरुङ पनि पूर्वराजालाई बिदाई गर्न विमानस्थल पुगेका थिए ।
काठमाडौंमा पूर्वराजालाई भव्य स्वागत गर्ने तयारी गरिएको छ । त्रिभुवन विमानस्थल अगाडि हजारौं समर्थकहरू जम्मा भइसकेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पोखराबाट उडे पूर्वराजा, #विमानस्थलमा पञ्चेबाजा बजाएर बिदाई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्