ट्रंकलाईन र डेडिकेटेड लाईनमार्फत प्रयोग गरेको विजुलीको विल उद्योगीले तिर्नुपर्छ : उर्जामन्त्री खड्का
“सरकारको जिम्मेवार निकायमा बस्ने, झुठा विवरणहरु पेश गर्ने अनि जनतालाई दुःख दिने कुरा सरकारलाई किमार्थ स्विकार्य हुदैन,”
भैरहवा (रुपन्देही) । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ट्रंकलाईन र डेडिकेटेड लाईनमार्फत प्रयोग गरेको विजुलीको विल उद्योगीले तिर्नुपर्ने बताउनुभएको छ ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घले आज भैरहवामा आयोजना गरेको ६६ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले प्रयोग गरेको विजुलीको विल सम्बन्धीत उद्योगीलेले तिर्नुपर्ने बताउनुभएको हो ।
“उद्योगीले आफूले कति रकम तिर्नुपर्ने हो त्यसको विल नेपाल विद्युत प्राधिकरणले दिनुपर्छ, तिर्न बाँकी रहेको उद्योगीले विल अनुसारका रकम तिर्नुपर्छ,”– उजामन्त्री खड्काले भन्नुभयो ।
उहाँले प्रयोग गरेको बिजुलीको बिल उद्योगीले तिर्ने दायित्व रहेको तर झुठा विवरणकै आधारमा उद्योगीलाई बिल तिर्न लगाउनु अत्याचार भएको बताउनुभयो । “सरकारको जिम्मेवार निकायमा बस्ने, झुठा विवरणहरु पेश गर्ने अनि जनतालाई दुःख दिने कुरा सरकारलाई किमार्थ स्विकार्य हुदैन,”– उहाँले भन्नुभयो ।
मन्त्री खड्काले सरकार निजी क्षेत्रसँग मिलेर साथीको रुपमा काम गर्न चाहेको बताउनुभयो । निजी क्षेत्र कमजोर भए सरकार बलियो हुन नसक्ने उहाँको भनाई थियो । उहाँले डेडिकेटेड र ट्रंकलाइनको विवादको समस्यामा रहेका २२ वटा उद्योगबारे चासो राख्दै प्रयोग गरेको विद्युत एकीन गरि उद्योगीहरुले बिल तिर्नुपर्ने बताउनुभयो । डेडिकेटेड लाईन नजिकैबाट गएको आधारमा मात्र बिल तिर्न लगाउनु अत्याचार र अन्याय भएको भन्दै आगामी दिनमा यस्तो अन्याय नहुने उल्लेख गर्नुभयो ।
उर्जामन्त्री खड्काले हिँउदमा अझै पनि माग भएको एक हजार मेगावाट बिजुली खरिद गरिरहेको अवस्था भएको बताउदै अब ठूला आयोजनालाई अगाडी बढाउने, विद्युत सुरक्षालाई ध्यान दिने, आन्तरिक रुपमा खपत बढाएर आम्दानीको स्रोत बढाइने योजना रहेको स्पष्ट पार्नुभयो ।
उहाँले उर्जा विकास मार्गचित्र, २०८१ मा सरकारले १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने र १५ हजार मेगावाट विद्युत छिमेकी मुलुकहरुमा निर्यात गर्ने लक्ष्य लिएकाले सोहीअनुसार सरकारले काम अगाडि बढाइरहेको बताउनुभयो । उहाँले सस्तो लोकप्रियताको लागि भिड जम्मा गरेर आफ्नो र मुलुकलाई वर्वादतर्फ नधकेल्नसमेत आग्रह गर्नुभयो ।
निजी क्षेत्रसँग साझेदारी गरेर अर्थतन्त्र बलियो बनाउने, सुशासन कायम गर्ने र समृद्धि प्राप्त गर्ने सरकारको पहिलो लक्ष्य रहेको र त्यहि लक्ष्यका साथ वर्तमान सरकारले काम गरिरहेको उहाँको भनाई थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot, #उर्जा जलस्रोत तथा सिचाइ मन्त्रालय, #उर्जा मन्त्री दिपक खड्का, #ट्रंकलाईन, #डेडिकेट लाइनको ब्यक्यवता, #सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्