बालेनको घरमा माओवादीको जागरणसभा, प्रचण्डले भने- हामी मिलेर देश बनाउनुपर्छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पुर्ख्यौली घरमा पुगेका छन् । एकडारा गाउँपालिका-२ मा रहेको बालेनको पुर्ख्यौली घरमा माओवादीले कार्यक्रम आयोजना गरेको थियो ।
माओवादीको जागरण कार्यक्रममा बोल्दै उनले बालेको घरमा पुग्दा रमाइलो महशुस भएको बताएका छन्।
जनतासँग माओवादी तराई मधेश जागरण अभियान अन्तर्गत आज महोत्तरी पुगेका प्रचण्डले सबै मिलेर देश बनाउनुपर्ने बताए।
उनले भने, ‘बालेन साहको पुर्ख्यौली, उहाँको बालगायत काकाहरुको घरमा हामी आइपुगेका छौं। यो पनि एउटा रमाइलो महसुस भाछ बालेनजीले पनि सुनिरहनु भएको होला। तपाईंहरुले यो परिचय पनि दिनुभयो। त्यसैले हामी सबै मिलेर यो देश बनाउनुछ।’
उनले जनताको बलिदानबाट आएको पहिचान र अधिकारको मुद्दालाई, समावेशी र समानुपातिकलाई उट्याउने प्रयास भइरहेको बताए।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रचण्डले भने- हामी मिलेर देश बनाउनुपर्छ, #बालेनको घरमा माओवादीको जागरणसभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्