नागार्जुन नगरपालिकामा महिला उद्यमीहरु बाट उत्पादित सामानहरुको स्टल, प्रदर्शनी तथा बिक्री मेला सुरु
११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नागार्जुन नगरपालिकाद्वारा नगरपालिका भित्र बसोबास गर्ने महिला उद्यमीहरु बाट उत्पादित सामानहरुको स्टल, प्रदर्शनी तथा बिक्री मेला आयोजना गरेको छ ।
नागार्जुन नगरपालिका वडा नं. ४ मा अवस्थित ताम्राकार कम्प्लेक्सको पार्किङ ग्राउन्डमा आयोजित मेलाको उद्घाटन गर्दै नगरपालिकाका कार्यवाहक नगर प्रमुख शुशिला अधिकारीले महिला दिदिबहिनीहरुलाई आयआर्जनमा जोड्नु पर्छ भन्ने मुख्य उदेश्यका साथ यो मेला आयोजना गरिएको बताउनुभयो ।
महिला उद्यमीहरुद्वारा उत्पादन गरिएका कृषिजन्य उत्पादन,सौन्दर्य सामग्री, हस्तकलाका सामान, बेकरी उत्पादन, सरसफाइका सामाग्री, टेलरिङ्ग, खाद्यान्न सामग्री लगाएतका उत्पादनहरुको ३० भन्दा बढी स्टल मार्फत प्रदर्शनी गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रिजालले यस्ता किसिमका प्रदर्शनीहरुले उद्यमी महिलाहरुलाई प्राबिधिक सहयोग, वस्तुगत अनुदान जस्ता नगरपालिकाले प्रदान गर्ने सहयोग प्रदान गर्न समेत मार्ग प्रसस्त हुने बताउनुभयो ।
मेला फागुन २१ देखि २३ सम्म ३ दिन चल्ने छ ।
क्याटेगोरी : समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्