बिज एजुकेशनद्धारा नेपाली विद्यार्थीलाई सुवर्ण अवसर
प्रदिप ढकाल ,भक्तपुर
फाल्गुन २१, बुधवार ।
भविष्यको सुनौलो सपना बुनेर बेलायत पढ्न जान लागेका नेपाली विद्यार्थीलाई मध्यनजर गर्दै बिज एजुकेशनले यहि मार्चमा ग्य्राण्ड यूके एडमिशन रोड शो कार्यक्रम आयोजना गर्ने भएको छ। मार्च ७ भक्तपुरको गठ्ठाघरमा, मार्च ८ दिल्लीबजार र मार्च १० हेटौडास्थित बिज एजुकेशनको कार्यालयमा हुने उक्त कार्यक्रममा नेपाली विद्यार्थीहरूले बेलायतमा अध्ययन गर्न गन्तव्य छनोट गर्दा विचार गर्नुपर्ने मुख्य विषयका बारेमा नेपाली विद्यार्थीलाई ज्ञान दिने बिज एजुकेशनले जनाएको छ। सो अवसरमा बेलायतको विभिन्न २० भन्दा धेरै विश्वविद्यालयका प्रतिनीधीहरुसँग परामर्श लिई विद्यार्थीले भारी प्रतिशत सम्म छात्रवृत्ति पनि पाउन सक्ने छन्। साथै शोही दिन इच्छुक विद्यार्थीको डकुमेन्ट मूल्यांकन गर्न परेमा समेत शत प्रतिशत छुटको व्यवस्था गरिएको छ। संस्कृति, शिक्षा, रोजगारीका अवसरहरूका हिसाबले नेपाली विद्यार्थीहरूको लागि बेलायतको गन्तव्य कति सान्दर्भिक छ भन्ने विषयमा विभिन्न विश्वविद्यालयका प्रतिनीधीले उक्तदिन प्रष्ट पार्ने छन्। नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय छात्रवृत्ति र उच्च उपलब्धि हासिल गर्न छात्रवृत्तिको सन्दर्भमा समेत बिज एजुकेशनले लामो समयदेखि सहजीकरण गरिरहेको छ । कार्यक्रममा सहभागिले स्नातक पछि नेपाली विद्यार्थीहरूको लागि करियर विकल्पहरू के छन्, विशेष गरी व्यवसाय, स्वास्थ्य, आईटी, कम्प्युटर विज्ञान र इन्जिनियरिङ जस्ता क्षेत्रमा विश्वविद्यालयहरूले कसरी विद्यार्थीहरूलाई रोजगारी बजारको लागि तयार गर्न मद्दत गर्छन् भन्ने विषयमा नितान्त अमूल्य परामर्श पाउन सफल हुन भन्ने हेतुले उक्त कार्यक्रम आयोजना गरिएको बिज एजुकेशनका प्रबन्ध निर्देशक हरि कार्कीले बताए। कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको र धेरै भन्दा धेरै विद्यार्थीको सहभागिता रहनेमा आफू विश्वस्त रहेको बिज एजुकेशनका अफिस म्यानेजर रेखा नेगी लामाले बताएकी छिन्। विहान १० बजे देखि दिउँसो ४ बजे सम्म चल्ने उक्त ज्ञान मुलक एडमिशन रोड शोमा सहभागी सम्पूर्णलाई उपहारको व्यवस्था समेत रहेकोआयोजकले जनाएको छ। बिज एजुकेशनले नेपाली विद्यार्थीको सहजताको लागी वार्षिक रुपमा विभिन्न कार्यक्रम गर्दै आएको, लगत्यैअप्रिलमा पनि अर्को कार्यक्रम रहेको र पुरा वर्ष भरिकै कार्यक्रम तालिका सहितको क्यालेन्डर तयार गरेको समेत जानकारी गराए।बेलायतको शिक्षाको लागी उत्कृष्ट मानिने बिज एजुकेशनले भर्खरै युनिर्भसिटि अफ सेन्ट्रल लंकाशायरबाट एजेन्ट अफ द इअरको अवार्डसमेत प्राप्त गरेको थियो।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्