टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ

काठमाडौं: काठमाडौंको टोखामा ज्यान मुद्दाका अभियुक्त गुड्डु पटेललाई प्रहरीले गोली हानी पक्राउ गरेको छ। हरिवन–२, सर्लाहीका लाल मोहम्मदको २०७९ असोज ३ गते साँझ गोठाटारमा हत्या गरेको आरोपमा उनलाई पक्राउ गर्न खोज्दा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो।
गुड्डु पटेल काठमाडौंको झोर, टोखामा लुकेर बसेका थिए। अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार भाग्ने प्रयास गर्दा गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिइएको हो।
उनी काठमाडौं आएको सूचना प्राप्त भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोली पक्राउ गर्न पुगेको थियो । तर, उनी भागेपछि गोली हानिएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
उनलाई अहिले अस्पताल लगिएको र स्थिति खतरामुक्त रहेको बस्नेतले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा झोरमा गोली चल्यो
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्