सुख्खा पहिरोले खाँदवारी – किमाथांका सडक अवरुद्ध
कोशी राजमार्ग अन्तर्गत भोटखोला जाने सडक सुख्खा पहिरोले अवरुद्द
खाँदबारी, १२ फागुन । कोशी राजमार्ग अन्तर्गत संखुवासभाको खाँदवारी – किमाथांका सडक खण्डमा सुख्खा पहिरो कारण सडक अवरुद्ध भएको छ।
सोमबार बिहान भोटखोलाको हटिया र हुङ्गगुङग बीचको धिग डाँडा खण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले बताउनुभयो । उहाँको अनुसार १५ मिटर माथिबाट ठुलाठुला ढुंगा खसेर सडक अवरुद्ध भएको हो ।
सदरमुकाम खाँदवारीबाट एक सय ९ किलोमिटरको दुरीमा पहिरो खसेको हो । पहिरो खसेपछी भोटखोलावाट खाँदवारी आउने यातायातका साधन वारपार गर्न सकेको छैन। खाँदवारीवाट गएको सवारी साधनपनि बाटैमा अलपत्र परेको छ। पहिरो हटाउन उत्तर दक्षिण कोशी सडक योजना संग अध्यक्ष भोटेले माग गर्नुभएको छ। पहिरोले करिब ३० मिटर सडक पुरिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #खाँदवारी - किमाथांका सडक अवरुद्ध, #भोटखोला, #संखुवासभा, #सुख्खा पहिरो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्