लगातार ३ दिन बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजार प्रवेश गर्ने उपयुक्त समय’
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.४३ प्रतिशत अर्थात ११.९१ अंकले बढेर २ हजार ७३९.८२ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०३ प्रतिशतले बढेर ४५९.८८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता सेयर १० अर्ब ४३ करोड ७० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार गोविन्द प्रसाल घिमिरे भन्छन्, ‘केही दिनदेखि बजारमा कारोबारसहित सूचक बढ्नु सकारात्मक विषय हो । यसले बजारमा सेयर एक्युमुलेशन भईरहेको जनाउछ । यस्तै संस्थागत लगानीकर्ता पनि बजार प्रवेश गरेको देख्न सकिन्छ । ’
उनको विचारमा अहिले सिजिनल रुपमा पनि सेयर खरिद गर्ने बेला भएकाले दुई सातादेखि बजारमा सुधार आएको छ । उनले आर्थिक गतिविधि बढ्नु, सस्तो ब्याजदरमा सेयर कर्जा बढुन् जस्ता विषयले सेयर खरिदको वातावरण सिर्जना बन्दै भएको बताए ।
अर्का बजार जानकार जगन्नाथ थपलिया(मामा)ले पनि अहिले बजार अप ट्रेण्डमै चलिरहेको बताए । ‘आम लगानीकर्ताको सेन्टिमेन्ट सकारात्मक हुनु,घट्दो ब्याजदर र बढ्दो कारोबार रकमले बजारले उकालो यात्रा तय गरिरहेको बताउन सकिन्छ’ उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ वटा समूहमा हरियाली छायो भने ७ वटा समूहमा रातो पोतियो । अन्य समूह आज सर्वाधिक अर्थात ३.६७ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.२२ प्रतिशत, लगानी १.२४, जीवन बीमा १.७४,निर्जीवन बीमा ०.३० र व्यापार समूह ०.४१ प्रतिशतले बढ्यो ।
विकास बैंक समूह आज सर्वाधिक अर्थात १.७४ प्रतिशतले घट्यो । वित्त समूह पनि आज १.५० प्रतिशत,होटल १.०४, हाईड्रो ०.१३,उत्पादन तथा प्रशोधन ०.०६,लघुवित्त ०.७९ र म्युचुअल फण्ड ०.०५ प्रतिशतले घट्यो ।
क्याटेगोरी : समाचार
ट्याग : #‘बजार प्रवेश गर्ने उपयुक्त समय’, #breaking, #जानकार भन्छन्, #लगातार ३ दिन बढ्यो नेप्से
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्