संसदमा सुमना : हिजाे बाेल्न समय पाइनन्, आज समयमा आइनन्
काठमाडौं । सभामुख देवराज घिमिरेले ३ पटक बोलाउँदा रास्वपा सांसद सुमना श्रेष्ठले आज बोलिनन् । मंगलबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा नेकपा (एमाले) की सचेतक सुनिता बराल बोलिसकेपछि सभामुखले सुमनालाई बोलाएका थिए ।
सभामुख घिमिरेले पहिलो पटक नाम बोलाए, नबोलेपछि फेरि सदनतर्फ आँखा डुलाउदैँ दोस्रो पटक बोलाए । फेरि पनि बोलाए, तर सांसद श्रेष्ठ बोलिनन् । ३ पटक बोलाउदाँ पनि उनले नबोलेपछि नेकपा माओवादी सांसद सुशीला श्रीपाइलीलाई समय दिए ।
सांसद श्रेष्ठले भने आफूले शून्य समयमा बोल्नका लागि नाम टिपाएको भए पनि ३ मिनेट बैठकमा पुग्न ढिलाई भएका कारण बोल्न नभ्याएको नेपाल प्रेससँग बताइन् ।
यसअघि सोमबार सांसद श्रेष्ठले भारतको ओडिसा राज्यको किट कलेजमा प्रकृति लम्सालको मृत्युबारे बोल्न खोज्दा सभामुखले नदिएको आरोप लगाएकी थिइन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आज समयमा आइनन्, #संसदमा सुमना : हिजाे बाेल्न समय पाइनन्
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्