राष्ट्रियसभाः कर्मचारीमाथि दुर्व्यवहार भएकामा आपत्ति
काठमाडौं, फागुन ६ गते । राष्ट्रसेवक कर्मचारीमाथि स्थानीय तहका जनप्रतिनिधिबाट भौतिक आक्रमण तथा दुर्व्यवहारका घटना बढेकामा राष्ट्रियसभाका सांसदहरुले आपत्ति जनाउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले कर्मचारीहरु जनप्रतिनिधिबाटै असुरक्षित हुनु गम्भीर चिन्ताको विषय भएको बताउनुभयो ।
सांसद पदमबहादुर परियारले तनहुँको बन्दीपुर गाउँपालिका –६ का जनप्रतिनिधिले कर्मचारीलाई आक्रमण गरेकामा आपत्ति जनाउँदै छानबिनको माग गर्नुभयो । अर्का सांसद मनरुपा शर्माले पनि सोही घटनाको विरोध गर्दै दोषीमाथि कारबाहीको माग राख्नुभयो ।
सांसद रेणु चन्दले सबै प्रकारका विभेदको अन्त्य गर्न तथा विभेद गर्नेमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद विष्णुदेवी पुडासैनीले काठमाडौंमा ढल निकास, खानेपानी, विद्युत्लगायत संरचना निर्माणमा अन्तरनिकाय समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।
सांसद रुक्मिणी कोइराला, विष्णुकुमारी सापकोटा, विष्णुबहादुर विश्वकर्मा, कृष्णप्रसाद अधिकारी, सावित्री मल्लले भारतको ओडिसास्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत बुटवलकी प्रकृति लम्सालको मृत्युको छानबिनका लागि सरकारले तत्काल पहल थाल्नुपर्नेमा जोड दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राष्ट्रियसभाः कर्मचारीमाथि दुर्व्यवहार भएकामा आपत्ति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्