नेपालमै अवसर छ भनेर युवा पुस्ता अगाडि बढ्नुपर्छः उपप्रधानमन्त्री सिंह

काठमाडौं, फागुन ५ गते । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमै अवसर छ भन्ने हिसावले युवा पुस्ताहरु अघि बढ्न जरुरी रहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उपप्रधानमन्त्री सिंहले अहिले नेपालमा केही पनि छैन भन्ने नकारात्मक भाष्यका कारण युवाहरु विदेश पलायन भइरहेको जिकिर गर्नुभयो । उहाँले नेपालमा शिक्षा, स्वास्थ्य र अवसर सिर्जना गर्न सरकारले काम गरिरहेकाले युवाले साथ दिनुपर्ने बताउनुभयो ।
उहाँले अवसरसँगै नेपालमा स्वतन्त्रता पनि रहेको बताउनुभयो । उहाँले कुनैपनि शिक्षा ग्रहण गर्न र रोजगारी गर्नका लागि नेपालमा स्वतन्त्रता रहेको महशुस गरेर देश विकासमा लाग्न आग्रह गर्नुभयो ।
उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘‘अहिलेको पुस्तामा नेपालमा बसेर के हुन्छ ? भन्नेकुरा छ । यो नकारात्मक म्यासेजको कुराले भइरहेको हो । हामी पढ्दा र अहिले अपच्र्युनिटीज छ । फ्रिडम छ । अघि बढ्न एजुकेशन, अर्ट एण्ड कल्चर, बिजनेस गर्न अवसर छ । यसमा तपाईंहरु ध्यान दिएर नेपालमै गुणस्तरीय शिक्षा पाइन्छ र नेपालमै वातावरण बन्छ भन्ने हिसावले लाग्नुस् ।’’
उपप्रधानमन्त्री सिंहले कुनैपनि देशहरु हजारौँ वर्षको मेहनत र परिश्रमबाट नै विकासित हुने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपालमै अवसर छ भनेर युवा पुस्ता अगाडि बढ्नुपर्छः उपप्रधानमन्त्री सिंह
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्