१७ महिना तोप हानेपनि सरकार ढल्दैन, त्यसपछि आफै देउवाजीलाई हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्छ भनेर अनावश्यक हल्ला चलाएर अस्थिरतामा मलजल नगर्न आग्रह गरेका छन् । उनले अबको १७ महिना मात्रै सरकारको नेतृत्व गर्ने र त्यसपछि सहजै रूपमा गठबन्धन दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताए ।
उनले भने,‘अब महिना पनि बाँकी छैन, त्यसपछि शेरबहादुरजीलाई दिने हो, कसैले हल्ला गर्नुपर्दैन । म छिटो फलफूल पकाउने औषधि राखेर पकाएजस्तै पकाउनुपर्ने मान्छे होइन, १७ महिना तोप हाने पनि सरकार ढल्दैन, त्यसपछि केही बल गर्न पर्दैन, मैले राजीनामा दिन्छु शेरबहादुरजीलाई हस्तान्तरण गर्छु, कांग्रेस एमालेबीच कुनै आशंका छैन, स्थिरता दिन दुई तिहाइ नजिकको सरकार छ ।’
ओलीले अहिले हल्ला चलाएजस्तै आफू कसैको पाटी फुटाउन र जुटाउन नलागेको बताउँदै भने, ‘कतिपयले हल्ला गरेका पार्टी फुटाउँदै छन् भनेर तर त्यो कल्पना बाहिरको कुरा हो । हामीलाई त्यो फुर्सद छैन हामी पाटी फुटाउने होइन देश बनाउन हिँडेका हौँ, सरकार ढल्छ भनेर हल्ला अनावश्यक गरिएको छ, यो हल्ला चलाएर अस्थिरता बढाउनेको भद्दा मजाक हो । अब युवाहरू यही बसेर देश बनाउनुपर्छ अरूको देश बनाएर केही हुँदैन, आफ्नो देश बनाउने हो, पुर्खाले बनाएको इतिहास नयाँ पिँढीलाई बताऔँ ।’
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली धेरै देश संकटमा परेकाले मुख्य प्रतिस्पर्धी रहेका दुई ठूला मुख्य दल मिलेर सरकार चलाउनुपरेको बताए ।
‘सबैतिर निराशा भयो, अस्थिरताले सबै अस्तव्यस्त भयो, अर्थतन्त्र संकटमा परो, युवा शक्ति सबै बाहिर गए, त्यही संकट टार्न दुई दलको सहकार्य भएको हो’ उनले भने, ‘कांग्रेस एमाले अन्य दललाई समेत मिलाएर अघि बढेका छौँ, हामी कसले शासन गर्ने भन्ने विषयमा अलमल पर्दैनौ ।’
उनले संविधान संशोधन केही बिगार्न नभई थप परिष्कृत गर्नका लागि गर्न खोजिएको बताए । ‘संविधान मास्न होइन, थप परिष्कृत गर्न खोजिएको हो पुराना कानुन हटाएर पुराना कानुन हटाउने हो, कुनै प्रकारका भ्रममा नपरी आफ्नो प्रदेशको विकासमा केन्द्रित हुनुहोस् ।’
प्रधानमन्त्री ओलीले संघीयतामाथि प्रश्न उठिरहेका बेला लुम्बिनीले सुरु गरेका कामले धेरैलाई सकारात्मक सन्देश दिएको बताएका छन् । धेरै प्रदेशमा प्रदेश सभा कहाँ राख्ने ? मुख्यमन्त्री कार्यालय, मन्त्रालय र अरू कार्यालय कहाँ राख्ने भनेर खोजिरहेको बेला लुम्बिनीमा सबै संरचना निर्माण गरेर एकै क्षेत्रमा व्यवस्थित गरेर आँट गरेर काम गर्न सकिन्छ भन्ने सन्देश दिएको उनले बताए । उनले राजधानी क्षेत्र कसरी बनाउन सकिन्छ र कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने सन्देश लुम्बिनीले दिएको बताए ।
प्रधानमन्त्री ओलीले संघीय सरकारले बनाउन नसकेको सबैभन्दा ठूलो अस्पताल निर्माण गरेर लुम्बिनीबाट नयाँ सन्देश दिएको बताए ।
‘प्रदेश सरकारले १२ सय शय्याको बेड बनाउन थालेको छ, केन्द्र सरकारले १ हजार शय्याको चलाउन सकेको छैन तर यति ठूलो योजना यहाँ थालिएको छ । चलाउन सकिन्छ कि नाइँ, यहाँ त्यसको सेवाग्राही हुन्छन् कि नाइँ भन्ने थियो तर जे काम नयाँ सुरु हुन्छ लुम्बिनीबाट हुन्छ, यति ठूलो आयोजना प्रदेश एक्लैले गर्न सक्दैन, अब तीनै तहका सरकार मिलेर विकास निर्माणका काम अघि बढाउनुपर्छ एक अर्कोका योजना अघि थालिनुपर्दछ ।’ उनले योजनाको प्रशंसा गर्दै भने ।
प्रधानमन्त्री ओलीले सरकारले कानुन अभावमा रोकिएका धेरै काम पूरा गर्न तुरुन्तै काम थालेर अघि बढ्न कानुनका केही समस्या भएकाले अध्यादेश ल्याइएको बताए । ‘६ वटा अध्यादेशले २९ वटा कानुन बनाएर धेरै कामका लागि सजिलो हुने भएको छ तर कहीँ कतै कसैले विरोध गर्नकै लागि विरोध हुनु बेग्लै कुरा हो तर अन्य धेरै ठाउँबाट स्वागत भएको छ ।’ उनले भने ।
उनले लुम्बिनीमा पर्यटन क्षेत्रमा अपार सम्भावना रहेको उल्लेख गरे । ‘बुद्ध जन्मस्थल लुम्बिनी, रामग्राम, रानी तेजमहल, स्वर्गद्वारी यही छन्, संस्कृत शिक्षामा अर्घाखाँचीको खिदिममा पतन्जली भन्ने योग गुरुले अगाडि सारेको, कपिलमुनिले अघि सारेको क्षेत्र, पाणिनिको व्याकरणले यसको उर्वर भूमि प्रष्ट पारेको, गजेन्द्र मोक्षधाम यहीँ छ । उजीरसिंह, अमरसिंह जस्ता देशका रक्षक जन्मेको ठाउँ यहीँ छ, अंग्रेजलाई हराएको जितगढी यहीँ छ’ ओलीले भने ।
उनले यो क्षेत्र विकासमा, कृषिमा शिक्षामा, भौतिक निर्माणमा अघि बढेको र सबै नमुना काम यहाँबाट सुरु भएको भन्दै समग्र प्रदेशको प्रशंसा गरे ।
‘यहाँका धेरै समस्याबारे अवगत छु, आफै घुमेको पुगेको छु जानकार छु । राजमार्ग चौडा पार्ने काम यहीँबाट थालिएको हो, सिद्धबाबा सुरुङमार्ग सुरु भइसकेको छ । रामपुर कपुरकोटको मार्ग, राजधानी निर्माणमा मेरो विशेष ध्यान गएको छ’ उनले भने ‘मान्छेबिनाको इकोसिस्टमले केही कामा गर्दैन, बन बनले मात्रै हुँदैन योजना बनाउन त रोक्नुभएन नि । मान्छे नभए त ब्रामण्डको केही काम हुँदैन नि । मान्छेको अस्तित्व र विकासलाई केन्द्रमा राखेर अघि राखिनुपर्दछ । मानव केन्द्रित विकास गरौँ । ‘इकोसिस्टम चाहिन्छ तर विकासलाई रोकिनुहुँदैन ।’
प्रधानमन्त्री ओलीले पाल्पाको रानीतेजमहललाई तत्काल संरक्षण गर्न जरुरी रहेको बताए । ‘रानी महल होइन रानी तेजमहल हो, यसको प्रोटेक्सन गर्न जरुरी छ, कालीगण्डकीले तलबाट खोल्दै लगेको छ, यसलाई भारतको ताजमहलभन्दा ठूलो बनाउन सकिन्छ, त्यो महिमा ठूलो छ, केन्द्र सरकारको ध्यान गएको छ ।’
अहिले सबैतिर बढ्दै गएको निराशा चिर्नका लागि सबै सांसदहरूको भूमिका महत्त्वपूर्ण रहेको उनले बताए । ‘गर्नसक्छौ भन्ने मनोबल बनाऔँ, मैले सभामुखमार्फत सबै माननीयलाई भन्न चाहन्छु अब योजना बनाएर काम गरौँ । हामी गर्न सक्छौँ भनेर प्रविधि प्रयोग गरेर अघि बढौँ । ४० वर्षअघि चीन गरिब थियो तर अहिले अवस्था कहाँ पुग्यो, काम गर्ने हामी आफैले हो कसैले आएर गरिदिने छैन भन्ने बुझेर अघि बढौँ ।’ उनले भने –‘कानुन निर्माणका लागि यहाँ धेरै कानुन बनेकोमा खुसी छु, केन्द्रको सँग नबाझिने गरी बनेकाले सहज छ, अब प्रदेशलाई सहज हुने गरी कानुन माथि पनि बन्ने छन् ।’
प्रधानमन्त्री ओलीले राजनीतिमा बढी चलेका हल्लाले आशंकाको भरमा नेपाली जनताले यातना सहनुपरेको, जीवन गुमाउनुपरेको छ, ती बलिदानीले दिएको सन्देश संघीय लोकतान्त्रिक गणतन्त्रको अवस्थामा छौँ । उनले अब सहकार्यको राजनीति गर्दै विकासलाई प्राथमिकता दिन आग्रह गरे ।
‘राजनीतिकलाई विकासमा लैजाऔँ अब दलीय विवादमा होइन देश बनाउने बाटोमा अघि बढौँ, यो सभामार्फत सबैमा आग्रह गर्न चाहन्छु, आवेश उत्तेजनामा होइन, देशको विकासको आवश्यकतालाई हेरेर अघि जाऔँ, अर्थतन्त्र कमजोर भएको छ, अहिले हामी नेतृत्वमा आएपछि केही ट्रयाकमा ल्याउन थालिएको छ तर धेरै अस्तव्यस्त भएकोले नियन्त्रणमा ल्याउन लागिएको हो ।’
क्याटेगोरी : समाचार
ट्याग : #१७ महिना तोप हानेपनि सरकार ढल्दैन, #त्यसपछि आफै देउवाजीलाई हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्