गाउँ-गाउँमा डढेलो रोकथाम अभियान
लमजुङ, फागुन ५ गते । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले गाउँ–गाउँमा डढेलो तथा आगलागी रोकथाम सम्बन्धी सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको छ । सिमा जोडिएको मनाङको जंगलमा दुई सातादेखि डढेलो फैलिहेका बेला मर्स्याङ्दी गाउँपालिकाले भने गाउँ गाउँमा डढेलो रोकथाम अभियान चलाएको हो ।
डढेलो तथा आगागीका घटनाहरु रोकथामका लागि सबै वडाका गाउँ–गाउँमा सचेतना अभियान सञ्चालन गरिएको गाउँपालिकाले जानकारी दिएको छ । लामो समयदेखि पानी नपरेर सुक्खा मौसम बढेसँगै हावाहुरी चल्न सुरु भएकाले डढेलो रोकथामका कार्यहरू भइरहेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाइँले जानकारी दिनुभयो ।
पालिकाको नौवटा वडाका गाउँ तथा टोल टोलमा पुगेर डढेलोबारे सचेतना कार्यक्रम भैरहेको रोजगार संयोजक एवं कार्यक्रम अधिकृत नन्दराज गुरुङले जानकारी दिनुभयो । गाउँमा रहेका टोल समिति, शिक्षक, विद्यार्थी, वन समूह, आमा समूहलाई डढेलो रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
गुरुङका अनुसार वडा नं. ३ को पल्लोटारी, ढंगै, टपु, टारीकुना, थाकन सिउरुङ, वडा नं. ४ को डाँडागाउँ, गैरीगाउँ, छापा, मिप्रा, भित्ते जगत, वडा नं. ५ को उपल्लो चिप्ला, तल्लो चिप्ला, घेर्मु, खानीगाउँ, वडा नं. ७ को नयाँगाउँ, तराइचे, वडा नं. ८ को जलजले, सिमलचौर गाउँमा सचेतनामुलक कार्यक्रम भैसकेका छन् ।
वडा नं. २ को मयुँम, वडा नं. ५ को घेर्मु, छिचु, न्युरी, बडालविसौना, सन्जापु, वडा नं. ६ को बाहुनडाँडा, ठुलोबेसी, नाइचे, भिरपुस्तुन, वडा नं. ७ को ताराचोक, उस्ता, वडा नं. ८ को भुष्मे र वडा नं. ९ को लामागाउँमा सचेतामुलक कार्यक्रम सञ्चालन गर्न बाँकी छ ।
गाउँ गाउँमा सचेतना जगाउन कर्मचारीसँगै जनप्रतिनिधिहरु पनि खटिनुभएको छ । सिउरुङ र छापा गाउँमा अध्यक्ष अर्जुन गुरुङ नै पुग्नुभयो भने अन्य गाउँहरुमा त्यहीँका जनप्रतिनिधिहरु सम्मिलित भएको गाउँपालिकाको वन वातावरण तथा विपद् ब्यवस्थापन समितिका संयोजक एवं वडा नं. ४ का वडाअध्यक्ष वलबहादुर गुरुङले जानकारी दिनुभयो ।
नौ वडा मध्ये पाँच नम्बर वडाका गाउँहरु डढेलोको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो । वन क्षेत्रमा ९९ प्रतिशत डढेलो मानवीय कारणले लाग्ने गरेको छ ।
डढेलोबाट हुने वातावरणीय तथा जनधनको क्षति न्यूनीकरण गर्नका लागि डिभिजन वन कार्यालय लमजुङले पनि सचेतनामुलक कार्यक्रमहरु गरिरहेको जनाएको छ । अभियान अन्तर्गत सव डिभिजन कार्यालय र वन समूहबाट जलनशील पदार्थ पातपतिङ्गर हटाउने, अग्निरेखा कोर्ने, घरनजिक राखिएका स्याउला हटाउने, जनचेतनामूलक सामग्री वितरण गर्ने र सुकेका पातपतिङ्गरको व्यवस्थान गर्ने काम गरिरहेको छ ।
जिल्लामा करिब ९१ हजार हेक्टर वनक्षेत्र रहेकोमा वर्षेनी करिब पाँच हजार हेक्टर क्षेत्रफलमा डढेलो लाग्ने गरेको तथ्याङ्क छ । गतवर्ष पनि करिब ६० जंगलमा डढेलो लागेको थियो । यो वर्ष फागुन १ देखि ७ गतेसम्म डढेलो रोकथाम सप्ताहका रुपमा सचेतनाका कामहरु गरिरहेको डिभिजन बन कार्यालय लमजुङका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा रहेका ३४२ सामुदायिक वन, १७३ कवुलियती वन र एउटा धार्मिक वन समितिले पनि आ–आफ्नो ठाउँमा सचेनाका कार्यक्रम गरिरहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #गाउँ-गाउँमा डढेलो रोकथाम अभियान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्