प्रहरीको अर्को ज्यादतीः कलंकीमा बिरामी माथि निर्घात कुटपिट (भिडियोसहित)
४ वैशाख, काठमाडाैँ । प्रहरीको अर्को ज्यादती बाहिर अाएको छ । हेल्थपाटी डटकका जगन्नाथ ढकालले प्रहरीको अर्को ज्यादतीको भिडियो बाहिर ल्याएका छन । प्रहरीले बिरामी र उनको अफन्त जो अाैषधिसहित हिडिँरहेका थिए उनीहरू माथि नै निर्घात कुटपिट गरेको छ ।

प्रत्यक्षदर्शी समेत रहेका पत्रकार ढकालले भनेका छन ‘म रिपोर्टिङका लागि चक्रपथ परिक्रमा गर्ने क्रममा आज कलंकीमा जे देखेँ त्यो अति नै निकृष्ठ थियो । प्रहरीले सडकमा एकै परिवारका तीन जनालाई नियन्त्रणमा लिएको थियो । उहाँहरुको हातमा औषधिको झोला थियो । म नजिक जान खोजे तर मलाई प्रहरीले रोक्यो मेरो क्यामरा जफत गर्छाै भनी धम्की पनि दिए ।’
नियन्त्रणमा रहेकाहरुले भनिरहनु भएको थियो हामी औषधि किन्न आएका हौं, हामी बील देखाउछौ तर प्रहरीले कुरै नसुनी एकाएक लाठि प्रहार गर्यो । उहाँहरु मेडिकल पसलबाट निस्किएको देख्दा देख्दै सडकमा पाइला राख्न नपाउदै नियन्त्रणमा लिई प्रहरी निरीक्षकको नेतृत्वमा कुटपिट भएको छ । भिडियो र तस्बीर साैजन्यः जगन्नाथ ढकाल हेल्थपाटी डटकम
क्याटेगोरी : समाचार
ट्याग : #कलंकीमा बिरामी माथि निर्घात कुटपिट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्