Techie IT
मंगलबार, वैशाख ३०,२०८२

अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्यवस्था बुझ्न राष्ट्रपति बर्न अस्पतालमा


काठमाडौं, ४ फागुन । पोखरा भ्रमण वर्ष २०२५ को उद्‍घाटनका क्रममा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्यको स्वास्थ्यवस्था बुझ्न राष्ट्रपति रामचन्द्र पौडेल कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् । राष्ट्रपति पौडेल केहीबेरअघि अस्पताल आइपुगेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

शनिबार पोखरामा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किँदा आगोको लप्काले जलेर अर्थमन्त्री पौडेर र मेयर आचार्य घाइते भएका थिए । दुवैजनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको थियो ।

दुवैजनाको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्यवस्था बुझ्न राष्ट्रपति बर्न अस्पतालमा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:14 am6:45 pm +0545