किशोरीहरुद्वारा प्रधानमन्त्रीलाई पत्राचार
विवाहको उमेरहद २० वर्ष नै यथावत राख्नु पर्ने सुझाबसहित धनुषाका किशोरीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार अनुरोधसहितको पत्राचार गरेका छन् ।
धनुषाको विभिन्न किशोरी क्लबका किशोरीहरुले जिल्ला हुलाक कार्यालय धनुषामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई सम्बोधन गरी प्रधानमन्त्री ओलीलाई लेखेको अनुरोधसहितको पत्रमा विवाहको उमेरहद २० वर्षबाट घटाएर १८ वर्षमा झार्दा किशोरीहरुको शिक्षा, स्वास्थ्यलगायत भविष्यमा नराम्रो असर पर्न सक्ने भन्दै विवाहको उम्मेर २० वर्ष नै कायम हुनु पर्ने माग राख्नुभएको छ ।
विपी कोइराला माध्यमिक विद्यालय सपहीको कक्षा १० मा अध्ययनरत छात्रा प्रतिमा यादवले लेख्नु भएको पत्रमा उल्लेख छ । उहाँले लेख्नु भएको पत्रमा विवाहको उमेरहद २० वर्षबाट घटाएर १८ वर्षमा झार्दा किशोरी मानसिक रुपमा कमजोर हुनुको साथै कहिले पनि आत्मनिर्भर हुन नसक्ने उल्लेख गर्नुभयो ।
प्रधानमन्त्रीलाई पत्र पठाउन जिल्ला हुलाक कार्यालय पुगेको अर्का किशोरी सहिद खातुनले नेपालमा अध्ययन, अनुसन्धान तथा वैज्ञानिक तथ्यका आधारमा कानुनी रुपमै विवाहको उमेर २० वर्ष तय गरिएकोमा कानुन बनाउने तहबाटै उक्त उमेर १८ वर्षमा झार्ने बहस अगाडि बढनु राम्रो नरहेकाले आफूहरु प्रधानमन्त्रीलाई अनुरोधसहितको पत्र पठाएको बताउनुभयो ।
बाल बिवाह न्यूनिकरणका लागि मधेश प्रदेशको विभिन्न जिल्लामा अभियान नै सञ्चालन गरेको लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले मधेश प्रदेशको आठवटै जिल्लाबाट सयौंको संख्यामा किशोरीले आज विवाहको उमेरहद २० वर्ष नै राख्न सुझावसहितको अनुरोधपत्र प्रधानमन्त्री ओलीलाई पठाएको जानकारी दिनुभयो ।
विवाहको उम्मेर २० वर्ष हुँदा विभिन्नखालका समस्याहरु समाजमा देखा पर्ने गरेको भन्दै यसलाई छलफलको विषय बनाउनुपर्ने चौतर्फी अवाज उठन थालेपछि प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गत गठन भएको उपसमितिले २०८१ माघ २ गते विवाहको उमेरहद २० वर्षबाट घटाएर १८ वर्षमा झार्न सुझाव दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #किशोरीहरुद्वारा प्रधानमन्त्रीलाई पत्राचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्