नगर प्रमुखकाे सक्रियतामा टोखा–५ बसुन्धारामा रहेको १०.५ रोपनी सरकारी जग्गा संरक्षण सुरु
काठमाडौँ, माघ २८ गते । टोखा नगरपालिकाले बसुन्धारा इसान अस्पताल क्षेत्रमा रहेको १०.५ रोपनी सार्वजनिक जग्गा संरक्षण गर्ने कार्य आजबाट सुरु गरेको छ । माघ २४ गतेसम्मको समय दिएर घर टहरा तथा कवाडी हटाउन नगरपालिकाले यसभन्दा अगाडी अन्तिमपटक पत्राचार गरेको थियो ।
लामो समयदेखि विभिन्न व्यक्ति र कवाडी व्यवसायीहरुले सो जग्गा प्रयोग गर्दै आइरहेका थिए । आज बिहान नगर प्रहरी, नेपाल प्रहरी, स्थानीय जनता र जनप्रतिनिधिहरुको सक्रियतामा जग्गा खाली गराएर चारैतिर तारबार लगाउने कार्य सुरु भएको हाे ।
स्थानीयहरुले सार्वजनिक जग्गामा भएको घर-टहरामा डोजर लगाई हटाउन र सार्वजनिक जग्गा संरक्षण गर्न बारम्बार नगरपालिकालाई अनुरोध गर्दै आएका थिए ।
टोखा ५ का वडाअध्यक्ष मदनकुमार गुरुङकाअनुसार कुनैपनि घर-टहरा र अस्थायी संरचना सरकारी जग्गामा राख्न नदिने र आवश्यकता अनुसार डोजर लगाएर भत्काउने बताए ।
कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारी, नगर उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी र विभिन्न वडाका जनप्रतिनिधिहरु फिल्डमै बसेर जग्गा खाली गराउन खटिएका छन् । नगरपालिकाको याे कार्यबाट स्थानीयबासीमा खुसी छाएको छ ।
नगरपालिकाकै पहलमा उता ग्रान्डी टावर वरपरकाे सरकारी जग्गाकाे पनि संरक्षण सुरू भएकाे छ । त्यस्तै ३० वर्ष अघिदेखि व्यापारीले कब्जा गरी व्पायार गरिरहेकाे नयाँ बसपार्क क्षेत्रकाे विष्णुमति खाेला वरपरकाे टहराहरू हटाइ सार्वजनिक जग्गाकाे संरक्षण कार्य सुरूवात टाेखा नगरपालिकाले यस अघि नै सुरू गरिसकेकाे छ ।
यसैगरी नगरपालिका भित्रका अन्य स्थानमा रहेका र व्यक्तिले नियन्त्रणमा लिएका सरकारी जग्गा नगरपालिकाले संरक्षण गर्ने काम गरिरहेकाे छ ।

क्याटेगोरी : समाचार
ट्याग : #hot, #नगर प्रमुखकाे सक्रियतामा टोखा–५ बसुन्धारामा रहेको १०.५ रोपनी सरकारी जग्गा संरक्षण सुरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्